back
skip this Samagra

कोरोना बीमाको दावी भुक्तानी आजबाट हुनेः पहिलो चरणमा क- कसले पाउँदैछन् ?

रोकिएको कोरोना बीमाको दावी भुक्तानीका लागि सरकारले १ अर्ब रुपैयाँ नेपाल बीमक संघको खातामा पठाइसकेको छ

काठमाडौं । लामो समयदेखि रोकिएको कोरोना बीमाको दावी भुक्तानी आजबाट हुने भएको छ ।

आजदेखि बीमा कम्पनीहरुले कोरोना बीमाको दावी भुक्तानी गर्ने भएका हुन् ।

गत मंसिर ६ गते बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको रोहबरमा बसेको बैठकमा मंगलबारदेखि दावी रकम भुक्तानी गर्ने निर्णय भएको थियो ।

कोरोना बीमाको दावी भुक्तानी हुँन बाँकी रकममध्ये आज १ अर्ब ८१ करोड रुपैयाँ भुक्तानी हुनेछ ।

भुक्तानीको प्राथमिकतामा व्यक्ति तथा परिवारलाई दिइएकाले सोही बमोजिम हुने नेपाल बीमा संघले जनाएको छ ।

सरकारबाट आएको १ अर्ब लाई ५५ प्रतिशत मानेर बाँकी ४५ प्रतिशत (८१ करोड ८१ लाख) बीमा समिति, नेपाल पुनर्बीमा कम्पनी र निर्जीवन बीमा कम्पीले थप गरेर कुल १ अर्ब ८१ करोड ८१ लाख भुक्तानी गर्ने मोडालिटि बनेको थियो।

मोडालिटी अनुसार ४५ प्रतिशतमा बीमा समितिले ८ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीले १२ प्रतिशत र बीमा कम्पनीहरुले २५ प्रतिशत रकम थप्ने भन्ने थियो ।

लामो समयदेखि रोकिएको कोरोना बीमाको दावी भुक्तानीका लागि केही समय अगाडि सरकारले १ अर्ब रुपैयाँ निकासा गरेको थियो ।

सो रकम नेपाल बीमक संघको खातामा पठाइसकेको छ ।

सरकारले कोरोना बीमा बापत अनुदान रकम २ करोड ३ लाख ६४ हजार ११६ रुपैयाँ समेत गरि कुल १२ अर्ब ३ करोड २५ लाख ३५ हजार ६७० रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

 


सिटिजन्स बैंक १८औं वर्षमा प्रवेश, ग्राहकलाई एक महिनासम्म विशेष छुटसहित क्यास ब्याक

सिटिजन्स बैंक १८औं वर्षमा प्रवेश, ग्राहकलाई एक महिनासम्म विशेष छुटसहित क्यास ब्याक

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १७:४८

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल १७ वर्ष पूरा गरी १८...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १३:२३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं....

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१५

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

बैंक  ब्याजदर : तालिकामा हेर्नुस्, कुन बैंकको ब्याजदर कति छ ?

बैंक ब्याजदर : तालिकामा हेर्नुस्, कुन बैंकको ब्याजदर कति छ ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:०८

काठमाडौं । पछिल्लो समय बैंकहरुले ब्याजदर घटाएका छन् । २०८१...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख ६ बिहीवार १०:५७

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्री...

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच समझदारी, भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई बैंकले शैक्षिक कर्जा प्रदान गर्ने

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच समझदारी, भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई बैंकले शैक्षिक कर्जा प्रदान गर्ने

वि.सं.२०८१ वैशाख ६ बिहीवार १०:३९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन...