राष्ट्र बैंकले स्वीकृत गर्यो प्रभु बैंकको लाभांश

वि.सं.२०७९ मंसिर १३ मंगलवार

काठमाडौं । प्रभु बैंकको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो ।
बैंकले गत आवको मुनाफाबाट ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सो लाभांश वितरणको लागि बैंकले राष्ट्र बैंकको स्वीकृतिका लागि पेश गरेको प्रस्ताव अनुमोदन भएको हो ।
अब बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश सेयरधनीहरुले पाउनेछन् ।

प्रकाशित समय : ११:५० बजे