कांग्रेसका विजय गच्छदारलाई हराउँदै एमालेकी भगवती चौधरी विजयी
वि.सं.२०७९ मंसिर १३ मंगलवार
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता विजयकुमार गच्छदारलाई हराउँदै नेकपा (एमाले)की भगवती चौधरी विजयी भएकी छिन् ।
सुनसरी क्षेत्र नम्बर ३ मा ४ हजार १३४ मत गन्न बाँकी रहँदै एमाले उमेदवार चौधरी विजयी भएकी हुन् ।
चौधरीले ३९ हजार २९७ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका गच्छदारले ३३ हजार ८६३ मत पाएका छन् । उनीहरुबीचको मतान्तर ५ हजार ४३४ मत रहेको छ ।
यो मतान्तर गणना हुन बाँकी मतभन्दा बढी हो ।
प्रकाशित समय : २०:५२ बजे





















