back

बागलुङमा नबिल बैंकको दिगो बैंकिङ कार्यक्रम सम्पन्न

काठमाडौं । नबिल दिगो बैंकिङले दिगो बैंकिङ कार्यक्रम सम्पन्न भएको छ । बैंकले बागलुङ जिल्लाको बागलुङ नगरपालिकामा वित्तीय साक्षरता तथा उद्यमशीलता विकास सम्बन्धमा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा नबिल बैंकका संचालक समितिका सदस्य आशा राणा अधिकारीले नेपाल कृषिको देश भनेर चिनिने गरेको र कृषिमा आत्मनिर्भर हुनु पर्ने कुरालाई जोड दिदै नबिल बैंकले कृषि तथा महिला उद्यमशीलतलाई मध्यनजर गर्दै सबैलाई समेट्ने गरी अगाडी बढ्न चाहेको बताए ।

नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझाले कार्यक्रममा नबिल बैंकको दिगो बैंकिङ तथा वित्तीय साक्षरताको बारेमा जनाकारी प्रदान गरीएको थियो ।

अन्तक्रियाको दौरान स्थानिय किसान, युवा तथा महिला उद्यमीहरुले उठाउनु भएका जिज्ञासा तथा सुझावहरुको समेत सम्बोधन गरिएको थियो ।

उक्त कार्यक्रममा गण्डकी प्रदेश अन्तर्गत प्रदेश सरकार, भूमी व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि बिकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, बाग्लुङ र नबिल बैंक बिच पारस्परिक साझेदारीमा वित्तीय साक्षरता, वित्तीय पहुँच र उद्यमशीलता विकास गर्न सहकार्य गरी कृषि जन्य वाली/वस्तु उत्पादन तथा प्रवर्द्धन, कृषिबजार विकास सहित व्यवसायिक कृषि उत्पादनको वृद्धि गरी रोजगारी सिर्जना गर्न सहयोग गर्न सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा नबिल बैंकको तर्फबाट गण्डकी प्रदेशका प्रमुख सुर्य बहादुर रोका र कृषि ज्ञान केन्द्र, बाग्लुङ तर्फबाट कार्यालय प्रमुख भानुभक्त भट्टराईले हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा नबिल बैंक सेवा उत्कृष्टता प्रमुख प्रभावती सिंह विष्ट, नबिल बैंक बागलुङ शाखा प्रबन्धक सुदर्शन कुमार अर्याल रिचर्डको पनि उपस्थिती रहेको थियो ।

नेपाल सरकारले अवलम्बन गरेको संयूक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो । यो कार्यक्रम तथा कृषि ज्ञान केन्दको सम्झौता मार्फत नबिल बैंकले नबिल दिगो बैंकिङका प्रयासहरुलाई अझ बढी लक्षित वर्गमा पुयाउन सहयोग गर्ने आशा लिएको छ ।

 


बैंकहरुले राष्ट्र बैंकमा किन राख्न चाहेनन् पैसा,९० अर्ब माग्दा ८१ अर्बका लागि दिए आवेदन

बैंकहरुले राष्ट्र बैंकमा किन राख्न चाहेनन् पैसा,९० अर्ब माग्दा ८१ अर्बका लागि दिए आवेदन

वि.सं.२०८२ असार ५ बिहीवार २०:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलता...

असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा बढ्न थाल्यो निक्षेप

असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा बढ्न थाल्यो निक्षेप

वि.सं.२०८२ असार ५ बिहीवार २०:१०

काठमाडाैं । असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्न...

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

वि.सं.२०८२ असार ५ बिहीवार १९:५८

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदेशमा लगानी गर्न पाउने गरी...

ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिङ स्टेशन सञ्चालन

ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिङ स्टेशन सञ्चालन

वि.सं.२०८२ जेठ २२ बिहीवार १०:५८

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर...

बैंकिङ्ग निक्षेप स्थिर, कर्जा प्रवाहमा वृद्धि

बैंकिङ्ग निक्षेप स्थिर, कर्जा प्रवाहमा वृद्धि

वि.सं.२०८२ जेठ १८ आइतवार १५:२९

काठमाडौं । पछिल्लो समय बैंकिङ्ग निक्षेप स्थिर रहेको छ ।...

सिटिजन्स बैंकको ग्राहकलाई हिल्टन होटलमा १० प्रतिशत छुट

सिटिजन्स बैंकको ग्राहकलाई हिल्टन होटलमा १० प्रतिशत छुट

वि.सं.२०८२ जेठ १४ बुधवार १५:१०

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरूले हिल्टन काठमाडौं होटलमा...