back

स्थानिय तहमा एमालेले खाता खोल्योः वडा अध्यक्षमा निर्बिरोध निर्वाचित

काठमाडौंं । बैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेले खाता खोल्न सफल भएको छ ।

पूर्वी पहाडी जिल्ला ताप्लेजुङको ओलाङचुङगोलामा एक वडा अध्यक्ष निर्बिरोध निर्वाचित भएका छन् ।

ताप्लेजुङको फक्तालुङ गाउँपालिका वडा नम्बर ७ मा पर्ने ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा भोटे निर्बिरोध भएका हुन् ।

यस्तैगरि सदस्यहरूमा टासी शेर्पा, वाङ्ग्या शेर्पा, फुपुल्हामु श्रेष्ठ र विपना तुम्बाहम्फे विक निर्बिरोध भएका छन् । गाउँमा एमाले र कांग्रेस दुवै पक्षले उम्मेदवारी दिने तयारी गरे पनि पार्टीगत रूपमा जनतालाई विभाजित नगर्ने भन्दै सर्वसम्मत गरिएको हो ।

देशभरी उम्मेदवारी मनोनयन र टिकटको लागि सकस भइरहेको बेला ओलाङचुङगोलामा गाउँ भेलाले एमाले नेता शेर्पालाई वडाअध्यक्ष बनाउने निर्णयसहित निर्बिरोध बनाएका हुन् ।


मध्यपुर थिमि नगरपालिकाको पुजिगत खर्च ३१ प्रतिशत मात्रै

मध्यपुर थिमि नगरपालिकाको पुजिगत खर्च ३१ प्रतिशत मात्रै

वि.सं.२०८२ जेठ २८ बुधवार १८:५६

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले यश आर्थिक बर्षकाे जेठ १५...

सूर्यविनायक–८ मा सार्वजनिक सुनुवाई कार्यक्रम : शान्त, हरियाली र ऐतिहासिक वडा बनाउने लक्ष्य

सूर्यविनायक–८ मा सार्वजनिक सुनुवाई कार्यक्रम : शान्त, हरियाली र ऐतिहासिक वडा बनाउने लक्ष्य

वि.सं.२०८२ जेठ २८ बुधवार १८:४१

भक्तपुर ।  सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा वडागत सार्वजनिक सुनुवाई कार्यक्रम भव्य...

सूर्यविनायक–३ मा सार्वजनिक सुनुवाई कार्यक्रम: बालकोट क्षेत्रलाई भक्तपुरको ‘बानेश्वर’ भनेर चिनाउन विकास गर्ने

सूर्यविनायक–३ मा सार्वजनिक सुनुवाई कार्यक्रम: बालकोट क्षेत्रलाई भक्तपुरको ‘बानेश्वर’ भनेर चिनाउन विकास गर्ने

वि.सं.२०८२ जेठ २७ मंगलवार १९:२८

भक्तपुर । वडागत सार्वजनिक सुनुवाई कार्यक्रम बालकोट स्थित सूर्यविनायक नगरपालिका...

जनताको निगरानी र सुझावसहित सूर्यविनायक–९ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

जनताको निगरानी र सुझावसहित सूर्यविनायक–९ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

वि.सं.२०८२ जेठ २६ सोमवार २२:०१

भक्तपुर । ‘हाम्रो वडा, हाम्रो आवाज’ भन्ने नारासहित सूर्यविनायक नगरपालिका–९...

विश्व युवा नेताका रुपमा उपप्रमुख डंगोल सम्मानित

विश्व युवा नेताका रुपमा उपप्रमुख डंगोल सम्मानित

वि.सं.२०८२ जेठ २ शुक्रवार १०:५९

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललाई समुदायस्तरीय संघसंस्थाहरुले विश्व...

ललितपुरमा घर तथा भवनको अभिलेखीकरण, लक्ष्यमा पुग्नै हम्मे

ललितपुरमा घर तथा भवनको अभिलेखीकरण, लक्ष्यमा पुग्नै हम्मे

वि.सं.२०८२ जेठ १ बिहीवार ०८:०७

काठमाडौं । ललितपुर महानगरपालिकाले मापदण्डविपरित बनेका तथा नक्सापास नभएका घर...