back

खुशिको खबर ! आजदेखि प्रभु बैंकले ल्यायो मोबाईलबाटै कर्जा लिन मिल्ने फोन लोन सुविधा

काठमाडौं । प्रभु बैंक लिमिटेडले अत्याधुनिक प्रविधिको उच्चतम् उपयोग गर्दै आफ्ना ग्राहकहरुको लागि मोबाईलबाटै कर्जा लिन मिल्ने फोन लोनसुविधा आज देखि सञ्चालनमा ल्याएको छ ।

प्रभु बैंक लिमिटेडका ग्राहकहरुले आफ्नो मोबाईलमा रहेको प्रभु मोबाईल बैंकिङ्ग सफ्टवेयरको माध्यमबाट आफुलाई आवश्यक परेको जुनसुकै बेला सजिलै २ लाख रुपैयाँ सम्मको फोन लोन सुविधा लिन सक्ने भएका छन् ।

यो सुविधा हालको लागि प्रभु बैंक लि. मा तलबी खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले मात्र उपभोग गर्नसक्ने व्यवस्था मिलाईएको छ ।

यो सुविधा उपभोग गर्नका लागि प्रभु बैंकका ग्राहकले आफ्नो मोबाईलमा रहेको मोबाईल बैंकिङ्ग सफ्टवेयर बाट फोनलोनको लागि अनुरोध गर्न सक्नेछन् ।

फोनलोनको लागि अनुरोध प्राप्त हुनासाथ सम्बन्धित ग्राहकको कारोबारको विवरण समेतलाई आधार बनाई सम्बन्धित ग्राहकले फोन लोन सुविधा अन्तर्गत लिन पाउने कर्जा सीमा निर्धारण हुनेछ । यो कर्जाको भुक्तानी अवधि बढिमा ३६ महिनासम्मको हुनेछ ।

यसबाट तत्काल साथमा नगद नभएका कारण आर्थिक अभावबाट गुज्रिनु पर्ने अवस्थाको अन्त्य हुनेछ । साथै, सानो तिनो कर्जा कारोबारको लागि बैंकमा उपस्थित हुनु पर्ने झण्झटको अन्त्य हुनेछ ।

बैंकले सञ्चालनमा ल्याएको फोन लोन सुविधा उपभोग गरी अधिकतम लाभ लिने कुरामा भन्ने बैंकले विश्वास लिएको छ ।

 

nactional life
Corporatebazar 11 Anniversary

साताको शेयर बजार: सुस्त नेप्सेमा होटल समूहको लोभलाग्दो चमक, अन्य सूचकमा गिरावट

साताको शेयर बजार: सुस्त नेप्सेमा होटल समूहको लोभलाग्दो चमक, अन्य सूचकमा गिरावट

वि.सं.२०८३ वैशाख ५ शनिवार ११:१९

काठमाडौँ । यस साता धितोपत्र बजार (नेप्से) मा खासै ठूलो...

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:४७

काठमाडौं । आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन...

विद्युत् बजार सुधारदेखि सिंचाइ प्रणाली सुदृढीकरणमा ३२ बुँदे निर्देशन जारी

विद्युत् बजार सुधारदेखि सिंचाइ प्रणाली सुदृढीकरणमा ३२ बुँदे निर्देशन जारी

वि.सं.२०८३ वैशाख ३ बिहीवार १७:१७

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा तथा...

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:३८

  काठमाडौं । एनआईसी एशिया बैंकले देशभर आफ्ना विभिन्न ४२...

२०८२ को नेपाली अर्थतन्त्र : राजनीतिक उथलपुथल र महँगीको चक्रव्यूहमा रुमल्लिएको वर्ष

२०८२ को नेपाली अर्थतन्त्र : राजनीतिक उथलपुथल र महँगीको चक्रव्यूहमा रुमल्लिएको वर्ष

वि.सं.२०८३ वैशाख १ मंगलवार २१:५८

काठमाडौं । नेपाली पात्रोअनुसार २०८२ साल बिदा भई २०८३ सालको...

नेपाली नम्बर प्लेटका सवारीलाई भारतमा इन्धनमा रोक

नेपाली नम्बर प्लेटका सवारीलाई भारतमा इन्धनमा रोक

वि.सं.२०८२ चैत ३० सोमवार १७:२०

नेपाल–भारत सीमा क्षेत्रमा पछिल्लो समय बढाइएको कडाइको प्रत्यक्ष असर सीमावर्ती...