back

सिद्धार्थ बैंकको सहयोगमा भूकम्प प्रभावित विद्यालय पुनर्निर्माण

काठमाडौं । सिद्धार्थ बैंकको आर्थिक सहयोगमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१, भण्डारवनस्थित श्री जनप्रिय आधारभूत विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको छ।

भूकम्पबाट प्रभावित विद्यालयको भवन पुनर्निर्माणसँगै सुलभ पहुँचयुक्त शौचालय समेत निर्माण गरिएको बैंकले जनाएको छ। नवनिर्मित भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बैंकका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।बैंकका अनुसार नयाँ भवनले विद्यार्थीहरूलाई सुरक्षित तथा गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्न सहयोग पुग्नेछ। साथै, नियमित पठनपाठनलाई सहज बनाउँदै समग्र शैक्षिक वातावरण सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सिद्धार्थ बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। बैंकले दिगो विकास लक्ष्यलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा समुदायमुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

घर बनाउने योजना छ ? नबिल बैंकले ल्यायो लचिलो आवास कर्जा योजना

घर बनाउने योजना छ ? नबिल बैंकले ल्यायो लचिलो आवास कर्जा योजना

वि.सं.२०८३ साउन १२ मंगलवार १५:२०

काठमाडौं । घर निर्माण वा घर खरिद गर्ने योजना बनाइरहेका...

सानिमा बैंकको वितरणयोग्य नाफा ३४.६६ प्रतिशतले बढ्यो, खुद नाफा ३ अर्ब ५५ करोड

सानिमा बैंकको वितरणयोग्य नाफा ३४.६६ प्रतिशतले बढ्यो, खुद नाफा ३ अर्ब ५५ करोड

वि.सं.२०८३ साउन ११ सोमवार १४:३८

काठमाडौं । सानिमा बैंक लिमिटेडको वितरणयोग्य नाफा उल्लेख्य रूपमा बढेको...

नबिल बैंकका ग्राहकले ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट पाउने

नबिल बैंकका ग्राहकले ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट पाउने

वि.सं.२०८३ साउन ११ सोमवार १३:०५

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वास्थ्य सेवामा...

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार १७:०१

काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

८३ दिनका लागि एक खर्ब निक्षेप उठाउँदै नेपाल राष्ट्र बैंक

८३ दिनका लागि एक खर्ब निक्षेप उठाउँदै नेपाल राष्ट्र बैंक

वि.सं.२०८३ साउन ६ बुधवार ११:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन...

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

वि.सं.२०८३ साउन ६ बुधवार ११:१५

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ’प्रदेश...