back

फोटनको माउन्टेन इभी भ्यान नेपालमा सार्वजनिक, यस्ता छन् उक्त भ्यानका विशेषताहरू

nactional life

काठमाडाैं । चाइनाको विद्युतीय गाडी उत्पादक कम्पनी फोटोनको माउन्टेन इलेक्ट्रिक भ्यान नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि फोटोनको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले सोमबार एक कार्यक्रमका बीच उक्त भ्यान सार्वजनिक गरेको हो । भ्यान सार्वजनिकसँगै उक्त भ्यान खरिद गरेका १०० जना ग्राहकलाई साँचो पनि हस्तान्तरण गरिएको थियो । कम्पनीका अनुसार उक्त गाडीको रेन्ज ३०० किलोमिटर रहेको छ ।

उक्त गाडी किन्दा ८० प्रतिशत फाइनान्सिङको पनि व्यवस्था रहेको जनाइएको छ । १४ सिट भएको भ्यानको ५८ लाख ९९ हजार, १५ सिट भएको भ्यानको ५७ लाख ४९ हजार रुपैयाँ मूल्य रहेको कम्पनीले जनाएको छ ।

यस्ता छन् उक्त भ्यानका विशेषताहरू

उक्त भ्यान युरोपियन युनियन डब्लूभीटिए प्रमाणित सवारीसाधन हो । जसको परीक्षण र निरीक्षण जर्मन संस्था टीयूभी रेनल्याण्डद्वारा गरिएको छ । सो भ्यान अन्य भ्यानको तुलनामा अग्लो रहेको छ जसले भित्र प्यासेन्जरलाई बस्न कम्फर्टेबल हुने कम्पनीकाे दावी छ । ५५.५८ किलोवाटको ब्याटरी रहेको भ्यानकाे ग्राउण्ड क्लियरेन्स १८० एमएम रहेको छ ।

यसैगरी, सो गाडीमा ३३० एनएमको तनाई रहेको छ । १३० किलोवालटको मोटर पावर र २५ डिग्रीको उकालो बाटोमा पनि गाडी सहजै चल्ने जनाइएकाे छ ।

यस्तै, उकालोमा ब्रेक लाग्दा अटो होल्ड हुने, स्मार्ट पार्किङ, हिल होल्ड कन्टोल लगायतका विषेशताहरू रहेका छन् । यस्तै, सो गाडी दुईवटा मोडमा चलाउन सकिन्छ । ईको र पावर मोडमा सो गाडी चलाउन सकिन्छ ।

उक्त गाडीको वारेन्टी ५ वर्ष वा ३ लाख किलोमिटर रहेको कम्पनीले जनाएकाे छ ।

चाइनाको कमर्सियल इभी उत्पादनमा फोटन १९ वर्षदेखि नम्बर एक हुँदै आएको एमएडब्लु वृद्धिका प्रमुख कार्यकारी अधिकृत तुसार गुप्ताले बताए । उनले भने, ‘फोटोन भारतमा सर्वाधिक विक्री हुने ईभी बस रहेको छ । फोटनले दक्षिण अमेरिकामा ९ लाख भन्दा धेरै कमर्सियल गाडी निर्यात गरेको छ ।’

भ्यान सार्वजनिक कार्यक्रममा एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विष्णुकुमार अग्रवाल, फोटोनको साउथ एसिया रिजनल म्यानेजर, एमएडब्लु वृद्धिका प्रमुख कार्यकारी अधिकृत तुसार गुप्ता, एमएडब्लु वृद्धिको एमडी विवेक शिकारिया, सेल्स हेड नवीन आचार्यलगायतको उपस्थिति रहेको थियो ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४१

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

वि.सं.२०८३ जेठ २४ आइतवार १७:००

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय...

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:२१

काठमाडौं । नेपालमा सुजुकी अटोमोबाइल्सको आधिकारिक वितरक सीजी मोटोकर्प प्रालिले...

बजेटप्रति नाडाको प्रतिक्रिया : कर नीतिले सवारीसाधन महँगिने चिन्ता

बजेटप्रति नाडाको प्रतिक्रिया : कर नीतिले सवारीसाधन महँगिने चिन्ता

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:१७

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आर्थिक...

नाडाद्वारा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

नाडाद्वारा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:०१

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा नाडा अटोमोबाइल्स...

नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक

नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक

वि.सं.२०८३ जेठ १७ आइतवार २०:५३

काठमाडौं । एसपीजी अटोमोबाइल्सले नेपालमा नयाँ ओमोडा ई फाइभ प्रो...