back

चांगान दिपल एस ०५ लन्च, के कस्ता छन् फिचर्स र मूल्य ?

काठमाडौं । चांगान दिपल एस ०५ आधिकारिक रूपमा चीनमा लन्च गरिएको छ । दिपल एस ०५काे इभी र इआरइभी भेरियन्टहरू सार्वजनिक गरिएकाे हाे। यसको डेलिभरी तुरुन्तै सुरु गरिने अपेक्षा गरिएको छ।

उक्त लन्च कार्यक्रममा, दीपलले आफ्नो ३ लाख गाडीको डेलिभरी समारोह आयोजना गरेकाे थियाे। २०२२काे अप्रिलमा दीपल ब्राण्ड लन्च गरिएको थियो।दीपल एस ०५ ले ब्रान्डको “इन्टरस्टेलर फ्लाइङ विङ” डिजाइन अपनाएको छ । याे पाँचवटा रङहरूमा उपलब्ध छ। दीपल एस ०५ को लम्बाइ ४६२० एमएम,चौडाइ १९०० र उचाई १६०० एमएम र ह्वीलबेस २८८० एमएम रहेकाे छ।

यस कारकाे इन्टेलिजेन्ट गिम्बल क्यामेरामा ६४ जी स्टाेरेज पाउन सकिने छ । यसले करिब २१ हजार वटा फोटो वा १२ घण्टाको भिडियो खिचेर स्टाेर गर्न सक्छ। १.३ मिलियन पिक्सेलको इन्टेलिजेन्ट हेडलाइटले हुवावे एक्स पिक्सेलकाे मद्दतले १२० इन्चको स्क्रिन प्रक्षेपणकाे प्रभाव सिर्जना गर्न सक्छ।

“पूरै शृङ्खलामा पाँच हाइ डिफिनिसन क्यामराहरू,पाँच मिलिमिटर-वेभ रडारहरू र १२ अल्ट्रासोनिक राडारहरू मानक रूपमा एडाप्टिभ क्रूज कन्ट्रोल, लेन सेन्टरिङ कन्ट्रोल र इन्टेलिजेन्ट पार्किङ असिस्ट सहित उन्नत ड्राइभिङ सहायता कार्यहरू पूरा गर्नका लागि सुसज्जित छन्,” कम्पनीले बताएकाे छ ।

यसैगरी, यस कारमा उच्च-शक्तिको स्टिल-एल्युमिनियम बडी र ६ वटा एयरब्यागहरू समावेश छन्।

इरभइभ (EREV) भेरियन्ट एक १.५ एल रेन्ज-एक्सटेन्डर प्रणालीद्वारा संचालित छ जसमा ७२ किलाेवाट(97hp) रेन्ज विस्तारक र १६० किलाेवाट (215 hp)/320 Nm रियर इलेक्ट्रिक मोटर, २७.२८ kWh लिथियम आइरन फस्फेट ब्याटरीप्याक रहेकाे छ जसले २०० किलाेमिटर सीएलटीसी शुद्ध विद्युतीय दायरा प्रदान गर्दछ। सीएलटीसी रेन्ज १,२३४ किमी छ, यसकाे शीर्ष गति १७५ किलाेमिटर प्रतिघण्टा छ र एक्सेलेरेशनकाे समय ० देखि १०० घन्टा किलाेमिटर प्रतिघण्टा ७.९ सेकेण्ड छ । ब्याट्री ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न २० मिनेट लाग्नेछ।

इभी भेरियन्टमा १७५ किलाेवाट (२३५ एचपी)/३२० एनएम रियर इलेक्ट्रिक मोटर,५६.१२ किलाेवाट आवर्स लिथियम आइरन फस्फेट ब्याट्री प्याकको साथ मिलाएर, ५१० किमी सीएलटीसी रेन्ज प्रदान गर्दछ। शीर्ष गति प्रतिघन्टा १८० किमी हो र ० देखि १०० किमी प्रतिघन्टा एक्सेलेरेशन समय ७.३ सेकेन्ड हो। थ्री सी द्रुत चार्जिङ पनि समर्थित छ। ३०% देखि ८०% सम्म ब्याट्री भर्न १५ मिनेट लाग्छ।

 

याे कारकाे भित्री भाग सुन्तला,नीलो र खैरो रङमा ल्याइएकाे छ। साथै, ककपिटमा क्वालकम स्न्याप ड्रागन ८१५५ चिप, एआर एचयूडी र डी आकारको स्टेयरिङ ह्वीलद्वारा संचालित १५.४ इन्चको २.५ के सेन्ट्रल स्क्रिन रहेको छ। गाडीको अपरेटिङ सिस्टम डिपल ओएस ३.० ले सपोर्ट गरेको छ।

सेन्टर कन्सोलमा दुई तहहरू छन् र याे १३ एल तापक्रम इन्सुलेटेड स्टाेरेज भएकाे कन्टेनरको साथ आउँछ।

यसका साथै, यस गाडीमा कुल ३५ वटा स्टाेरेजहरू,१.९ मिटर स्क्वायर २ प्यानोरामिक सनरुफ,रियर एयर-कन्डिसनर भेन्ट, ६४ रङको एम्बियन्ट लाइट, १४ स्पिकर साउन्ड सिस्टम, ८-तर्फी इलेक्ट्रिक एडजस्टेबल ड्राइभर सिट (लुम्बर सपोर्ट सहित), क्वीन को-पाइलट सीट र ५० वाट वायरलेस चार्जिङ पाउन सकिन्छ। इभी भेरियन्टमा थप १५९ लिटर फ्रन्ट ट्रंक र ४९२ लिटर रियर ट्रंक स्टाेरेज छ।

यस्ताे छ मूल्य ः

510 Pro EV: 119,900 yuan (16,900 USD)
510 Plus EV: 125,900 yuan (17,700 USD)
510 Max EV: 135,900 yuan (19,100 USD)
510 Ultra EV: 145,900 yuan (20,500 USD)
200 Max EREV: 139,900 yuan (19,700 USD)
200 Ultra EREV: 149,900 yuan (21,100 USD)

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३९

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस...

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

वि.सं.२०८३ असार २९ सोमवार ११:५६

काठमाडौं । यही साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा...

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

वि.सं.२०८३ असार २२ सोमवार १७:५८

काठमाडौं । आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा...

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

वि.सं.२०८३ असार १६ मंगलवार १६:२९

एजेन्सी । उच्चतम प्रविधिको विकासमा अग्रणी चीनले उड्ने कार (फ्लाइङ...

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...