back

२०औं समावेशी अन्तर्राष्ट्रिय बीमा सम्मेलन सुरु

काठमाडौं । समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आईसीआईआई) मंगलबारबाट काठमाडौंमा सुरु भएको छ ।

नेपाल बीमा प्राधिकरण, नेपाल बीमक संघ, जीवन बीमक संघ र नेपाल माइक्रोइन्स्योरेन्स एसोसिएसनद्वारा म्युनिख रे फाउण्डेशन तथा माइक्रोइन्स्योरेन्स नेटवर्कसँगको सहकार्यमा सम्मेलन सुरु भएको हो ।

सम्मेलनको यो २०औं संस्करण हो ।कत्तिक ९ गते सम्म हुने सम्मेलनमा न्यून आय भएका तथा जोखिममा रहेका परिवारहरु तथा लघु, साना र मझौला उद्योगलाई केन्द्रीत गरी समावेशी बिमालाई परिस्कृत गर्ने लगाएतका विषयमा विस्तृत छलफल हुने छ ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल बीमा प्राधिकरण का अध्यक्ष सुर्यप्रसाद सिलवालले जलवायु जोखिम बीमा लघुबीमा डिजिटल प्रविधि अवलम्वन र समावेशी बीमाका क्षेत्रमा आइपर्ने अवरोधहरु हटाउने सम्बन्धी रणनीतिहरु लगायतका विषयमा सहभागीहरू बीच छलफल केन्द्रित रहने उल्लेख गरे।

सम्मेलनका विभिन्न सत्रहरुमा जलवायु परिवर्तन र प्रकोप र प्रकोप जोखिम वित्त व्यवस्थापन, बीमा क्षेत्रका चुनौती तथा अवसरहरू, बीमाको अन्तर र बीमाको पहुँच विस्तारमा डिजिटल प्रविधिको विकास एवम अवलम्बन जस्ता मुख्य विषयमा विभिन्न कार्यपत्र प्रस्तुतीका साथै कार्यपत्रमाथी छलफल हुने अध्यक्ष सिलवालले जानकारी दिए ।

आयोजकका अनुसार सम्मेलनमा नेपाल लगायत विभिन्न देशका बीमा क्षेत्रका नियामक निकाय, विभिन्न निकाय, विकास साझेदारी गैरसरकारी संस्था र बीमा क्षेत्रका विज्ञहरु गरी ४ सय भन्दा बढीको सहभागिता रहने छ ।

समाजमा आर्थिकरुपमामा पछाडि परेका वर्ग र लघु साना तथा मझौला उद्योगहरूको वित्तीय जोखिम न्युनिकरणका लागि समावेशी बीमालाई अगाडि बढाउने सम्बन्धमा सम्मेलन कोशेढुंगा साबित हुने विश्वास गरिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...