back
himalayan life

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी) ले आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ।

डिजेल तथा पेट्रोलबाट चल्ने चारपाङ्ग्रे, दुईपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीसाधनलाई तीव्र गतिमा पछि पार्दै ईभीले बजारमा आफ्नो हिस्सा विस्तार गरिरहेको तथ्यांकले देखाएको छ ।

देशको प्रमुख व्यापारिक नाका वीरगन्जबाट नेपालका लागि हुने सवारीसाधन आयातको तथ्यांक हेर्दा जैविक इन्धनबाट सञ्चालित सवारीसाधनको तुलनामा ईभीको आयातमा उल्लेखनीय वृद्धि भएको देखिन्छ ।

गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वीरगन्ज नाकाबाट नेपालका लागि आयात हुने विद्युतीय जिप, कार तथा भ्यानको आयात १८५ प्रतिशत, मोटरसाइकलको १०५ प्रतिशत र तीनपाङ्ग्रे सवारीसाधनको ३६ प्रतिशतले वृद्धि भएको छ।

वीरगन्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको साउनदेखि जेठसम्म ९४ करोड ३३ लाख रुपैयाँ मूल्यका ३२२ थान विद्युतीय जिप, कार तथा भ्यान आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ७१ करोड २९ लाख रुपैयाँ मूल्यका ९१७ थान सवारीसाधन आयात भएका छन्।

त्यसैगरी, गत आर्थिक वर्षको ११ महिनामा ६७ करोड ९३ लाख रुपैयाँ मूल्यका ५ हजार २६६ थान विद्युतीय मोटरसाइकल तथा ५३ करोड ८९ लाख रुपैयाँ मूल्यका ४ हजार ४१७ थान विद्युतीय तीनपाङ्ग्रे सवारीसाधन आयात भएका थिए।

चालु आर्थिक वर्षको सोही अवधिमा भने १ अर्ब ५२ करोड ७० लाख रुपैयाँ मूल्यका १० हजार ८१५ थान विद्युतीय मोटरसाइकल तथा ७४ करोड २२ लाख रुपैयाँ मूल्यका ५ हजार ९९० थान विद्युतीय तीनपाङ्ग्रे सवारीसाधन आयात भएका छन् ।

यता, जैविक इन्धनबाट चल्ने मोटरसाइकल र तीनपाङ्ग्रे सवारीसाधनको आयातमा केही वृद्धि भए पनि जिप, कार तथा भ्यानको आयातमा भने ३० प्रतिशतको गिरावट आएको छ ।

गत आर्थिक वर्षको साउनदेखि जेठसम्म २ अर्ब १० करोड ४१ लाख रुपैयाँ मूल्यका ९६१ थान जिप, कार तथा भ्यान आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५० करोड ५९ लाख रुपैयाँ मूल्यका ६७० थान सवारीसाधन मात्र आयात भएका छन्। यो अघिल्लो वर्षको तुलनामा मूल्यका आधारमा २९ प्रतिशत तथा संख्याका आधारमा ३०.२८ प्रतिशतले कमी हो ।

समीक्षा अवधिमा वीरगन्ज नाकामार्फत ५ अर्ब ८४ करोड ३८ लाख रुपैयाँ मूल्यका ४४ हजार ३९५ थान अन–एसेम्बल मोटरसाइकल तथा ४० करोड १८ लाख रुपैयाँ मूल्यका ४ हजार २३० थान तयारी मोटरसाइकल आयात भएका थिए।

चालु आर्थिक वर्षको सोही अवधिमा भने ८ अर्ब ४ करोड ३५ लाख रुपैयाँ मूल्यका ५६ हजार ५५५ थान अन–एसेम्बल मोटरसाइकल तथा ६४ करोड ५५ लाख रुपैयाँ मूल्यका ६ हजार ११३ थान तयारी मोटरसाइकल आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

त्यसैगरी, गत आर्थिक वर्षको ११ महिनामा ३९ करोड ५० लाख रुपैयाँ मूल्यका २ हजार ३७ थान पेट्रोलियम इन्धनबाट चल्ने तीनपाङ्ग्रे सवारीसाधन आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ५१ करोड ६ लाख रुपैयाँ मूल्यका २ हजार ३७४ थान सवारीसाधन आयात भएका छन्। यो अघिल्लो वर्षको तुलनामा मूल्यका आधारमा ३० प्रतिशत तथा संख्याका आधारमा १७ प्रतिशतले बढी हो ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार पेट्रोलियम पदार्थको बढ्दो मूल्य र इन्धनबाट चल्ने सवारीसाधनको सञ्चालन तथा मर्मत–सम्भार खर्च बढी हुने भएकाले उपभोक्ता ईभीतर्फ आकर्षित भएका हुन्।

उनले इन्धनबाट चल्ने सवारीसाधन आयात गर्दा शतप्रतिशतभन्दा बढी कर लाग्ने गरेको, जबकि विद्युतीय सवारीसाधनमा न्यूनतम ३६ प्रतिशत मात्र कर लाग्ने गरेको बताए। साथै, ईभी वातावरणमैत्री भएकाले पनि उपभोक्ताको आकर्षण बढ्दै गएको उनको भनाइ छ ।

हालै मध्यपूर्वमा उत्पन्न तनावका कारण डिजेल, पेट्रोल लगायत पेट्रोलियम पदार्थको मूल्यमा थप वृद्धि हुने आशंका बढेको छ । यसले आगामी दिनमा विद्युतीय सवारीसाधनको माग अझ बढ्न सक्ने भन्सार अधिकारीहरूको अनुमान छ ।

जानकारहरूका अनुसार सवारीसाधन क्षेत्रमा मात्र होइन, खाना पकाउन प्रयोग हुने एलपीजी ग्यासको प्रयोगसमेत क्रमशः घट्दै जाने र नेपाली उपभोक्ता विद्युतीय चुलोतर्फ पनि विस्तारै आकर्षित हुँदै जाने सम्भावना बढेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०६

काठमाडौं । आईसीएयूआरको विद्युतीय एसयूभी सुपर भी २३ ले विश्वप्रसिद्ध...

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

वि.सं.२०८३ असार ५ शुक्रवार १०:४६

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामि आर्थिक वर्ष (आव) २०८३/८४...

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा, यस्ता छन् विशेष उद्घाटन अफर

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा, यस्ता छन् विशेष उद्घाटन अफर

वि.सं.२०८३ असार ४ बिहीवार १७:०२

वीरगञ्ज । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Nepal...

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४१

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

वि.सं.२०८३ जेठ २४ आइतवार १७:००

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय...