back

टाटाका एस इभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडीहरु अब इटहरीमा, यस्ता छन् अफर

काठमाडौं । नेपालको लागि टाटा मोटर्सको एक मात्रै अधिकारिक वितरक सिप्रदी ट्रेडीङ्ग प्रा. लि.ले कोशी प्रदेशस्थित इटहरीमा विशेष औपचारिक कार्यक्रमकाबीच टाटाका एस इभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडीहरु सार्वजनिक गरेको छ ।

दशैं–तिहार विशेष छुट अफरसहित सुलभ मूल्यमा आफ्ना ग्राहकहरुको खुसियालीको सारथीकै रुपमा नयाँ मोडेल ल्याइएको जनाइएको छ ।

टाटाद्वारा सार्वजनिक नयाँ मोडेलका उक्त गाडीहरुको मूल्य फरक–फरक रहेको छ । ग्राहकहरुले एसीइभी फ्ल्याटबेड २१ लाख ९९ हजार नेपाली रुपैँया पाउन सक्नेछन् भने टाटाकै सिएलभी विद्युतीय गाडीका लागि २२ लाख ७९ हजार रुपैंयामा उपलब्ध गराउन सकिने टाटाको अधिकारिक वितरक सिप्रदी ट्रेडीङ्ग प्रा. लि.ले जनाएको छ ।

कम्पनीले पहिलो एक हप्ता भित्र बुकिङ्ग गर्ने ग्राहकलाई यस योजना अन्तर्गत टाटाका माथि उल्लेखित गाडीहरुमा पचास हजारसम्मको विशेष नगद छुटको व्यवस्था समेत गरेको छ । यसका अतिरिक्त ग्राहकहरुले उक्त गाडीहरुको खरिदमा एक वर्षका लागि निःशुल्क विमाको सुविधा, तीन पटकसम्म गाडी निःशुल्क सर्भिसिङ्ग, एक वर्षका लागि सवारी कर, आकर्षक एक्सचेञ्ज बोनस दिइनुका साथै गाडी नामसारी गर्दा लाग्ने खर्चसमेत कम्पनी आफैँले नै व्यहोर्ने लगायतका विभिन्न खाले थप सेवा/सुविधा प्रदान गरिएको कम्पनीले कार्यक्रममा जानकारी दिएको छ ।

उक्त कार्यक्रममा नेपाल मदिरा व्यवसायी महासंघका कोशी प्रदेशका सचिव लाल बहादुर कार्की, उद्योग वाणिज्य संघ,इटहरीका महासचिव पिताम्वर पोख्रेल, नेपाल वितरक महासंघ कोशी प्रदेश महासचिव राजेश खनाल, सिप्रदीका च्यानल पार्टनरहरु लगायत यातायात क्षेत्रसँग आबद्ध विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का सहायक महाप्रबन्धक दिवश बाबु सुबेदीले विद्युतीय गाडीहरुको फाइदा र सञ्चालनका हिसावले अत्यन्तै किफायती, सहज र सुविधायुक्त हुनुका साथै सुरक्षाका दृष्टिकोणले समेत टाटाका गाडीहरु सुरक्षित देखिएको उल्लेख गर्नुभयो ।


अटो मोबाइले क्षेत्रका लागि खुसी हुने बजेट आएको छः अध्यक्ष चौधरी

अटो मोबाइले क्षेत्रका लागि खुसी हुने बजेट आएको छः अध्यक्ष चौधरी

वि.सं.२०८२ जेठ १७ शनिवार १०:५५

काठमाडौँ । नाडा अटो मोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण...

नामी र सेरेसको “इज अन वालेट” अफर सुरु, ग्राहकका लागि छुट, उपहार र हेलिकप्टर राइडको मौका

नामी र सेरेसको “इज अन वालेट” अफर सुरु, ग्राहकका लागि छुट, उपहार र हेलिकप्टर राइडको मौका

वि.सं.२०८२ जेठ १२ सोमवार १८:११

काठमाडौं । एमएडब्ल्यू वृद्धि मोटर्सले नेपालको विद्युतीय सवारी बजारमा उत्साह...

एमएडब्लू वृद्धिको नयाँ कीर्तिमान : जोमसोममा नेपालकै सबैभन्दा उचाइमा ईभी चार्जिङ स्टेसन

एमएडब्लू वृद्धिको नयाँ कीर्तिमान : जोमसोममा नेपालकै सबैभन्दा उचाइमा ईभी चार्जिङ स्टेसन

वि.सं.२०८२ जेठ १२ सोमवार १५:२५

काठमाडौं । विद्युतीय सवारी साधन (ईभी) चार्जिङ पूर्वाधार विस्तारमा अग्रणी...

आर्क्स ग्रुपद्वारा स्वयम्भू हारती टुर्सलाई १८ जुबाओ भ्यान डेलिभरी

आर्क्स ग्रुपद्वारा स्वयम्भू हारती टुर्सलाई १८ जुबाओ भ्यान डेलिभरी

वि.सं.२०८२ वैशाख ३० मंगलवार १२:५७

काठमाडौं । नेपालका लागि जुबाओ विद्युतीय भ्यानको आधिकारिक बिक्रेता आर्क्स...

बजाज कम्पनीले ल्यायो ‘बजाज ग्रान्ड कार्निभल’ योजना

बजाज कम्पनीले ल्यायो ‘बजाज ग्रान्ड कार्निभल’ योजना

वि.सं.२०८२ वैशाख १६ मंगलवार १८:५९

काठमाडौ । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी...

यामाहाको काठमाडौं उपत्यकामा उत्साहजनक एक्सचेन्ज अफर

यामाहाको काठमाडौं उपत्यकामा उत्साहजनक एक्सचेन्ज अफर

वि.सं.२०८२ वैशाख १५ सोमवार १४:०६

काठमाडौं । यामाहा नेपालले काठमाडौं उपत्यकाका दुईपांग्रे सवारी साधन पारखीहरूका...