हुन्डाईको प्रिमियम ह्याचब्याक आई३० स्पोर्टी लुकमा आउँदै, कस्ता छन् फिचर ?
वि.सं.२०७९ साउन १० मंगलवार
काठमाडौं । हुन्डाई मोटर्सले यो वर्ष निकै आक्रामक रुपमा आफ्नो उत्पादन भारतमा लन्च गर्दैछ । विगतमा भेन्यु फेसलिफ्ट लन्च गरेपछि कम्पनीले प्रिमियम एसयूभी हुन्डाई टुसान सार्वजनिक गरेको थियो र अब आउने समयमा पनि कम्पनीले धेरै नयाँ उत्पादन भारतीय बजारमा ल्याउने संकेत गरेको छ ।
रिपोर्टका अनुसार प्रिमियम ह्याचब्याक कार हुन्डाई आई३० आगामी केही वर्षमा भारतमा लन्च गरिदै छ । यसमा बोल्ड डिजाइन र स्पोर्टी लुकका साथसाथै धेरै उन्नत फिचरहरु समावेश गर्नेछ । हुन्डाई कम्पनीको आधिकारिक वेबसाइटमा पनि आई३० बारे जानकारी दिइएको छ ।
हुन्डाईको वेबसाइटमा देखिएको तस्विर अनुसार सो प्रिमियम ह्याचब्याकको लम्बाइ लामो हुनेछ र स्पोर्टी फ्रन्ट लुक हुनेछ । हुन्डाई आई३० मा स्पोर्टी ग्रिल र हेडल्याम्प, लक्जरी टेलल्याम्प र फराकिलो टायरहरू देखिनेछन् ।
सो एसयूभीमा वायरलेस स्मार्टफोन कनेक्टिभिटी, वायरलेस चार्जिङ, ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ब्लुलिङ्क जडान गरिएको कार टेक्नोलोजी, एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम, उन्नत ड्यासबोर्ड र एम्बियन्ट लाइट जस्ता फिचर हुनेछ । यस प्रिमियम ह्याचब्याकमा लेदर र भेन्टिलेटेड सिट पनि दिइने सम्भावना छ ।
हुन्डाई आई३० मा शक्तिशाली इन्जिन देख्न सकिन्छ र सो इन्जिन ४८भी माइल्ड हाइब्रिड सिस्टमका साथै आईएमटी विकल्पमा आउनेछ । माइलेजको हिसाबले यसको सेग्मेन्टका अन्य कारहरू भन्दा आई३० राम्रो हुने विश्वास गरिएको छ ।
प्रकाशित समय : १०:५९ बजे






















