कसरि हुन्छ व्यापार घाटा?,यस्ता छन् व्यापार घाटा कम गर्ने उपायहरु
वि.सं.२०७९ साउन १० मंगलवार
काठमाडौं । आयात र निर्यात बीचको भिन्नतालाई व्यापार ब्यालेन्स भनिन्छ । तर एक देशले निर्यात भन्दा अधिक आयात गर्दछ भने यसलाई व्यापार घाटा भनिन्छ । देशले आफ्ना ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न पर्याप्त सामान र सेवाहरू उत्पादन गर्न सक्षम छैन, त्यसैले यसलाई अन्य देशहरूबाट आयात गर्नुपर्दछ ।
जब एक देशले आयातभन्दा बढी निर्यात गर्दछ भने यसलाई व्यापार बचत भनिन्छ । व्यापार घाटा घटाउन निर्यातमा प्रोत्साहन र आयातमा प्रतिस्थापन गर्नु आवश्यक छ ।
आयात प्रतिस्थापन गर्नका निम्ति सरकारले स्वदेशी उत्पादनको वृद्धिमा विशेष जोड दिदैं कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यावसायिक उत्पादनमा जोड दिनुपर्छ ।
NTIS (नेपाल ट्रेड इन्टीग्रेसन स्ट्राटेजी २०१६) ले निम्न सेवा तथा वस्तुहरुको निर्यातलाई प्राथमिकता दिनेमा जोड दिएको छ ।
Priority Export Potential Sectors
१. कृषिमा आधारीत वस्तु
अलैची
अदुवा
चिया
औषधी, जडीबुटी
२. शिल्प एवं उत्पादनमुलक वस्तुहरु
कपडा, धागोजन्य वस्तुहरु
छाला
जुत्ता
पस्मीना
कार्पेट
३. सेवाहरु
पर्यटन सेवा
IT, BPO सेवाहरु
दक्ष तथा अर्धदक्ष जनशक्ती
२. नेपालले कच्चा पदार्थको निर्यातमाभन्दा तयारी वस्तुको निर्यातमा जोड दिनुपर्छ । जस्तै, : काचो अदुवाको भन्दा सुकेका अदुवाको (सुठो) मूल्य बढी हुने हुदा यस्ता किसीमका वस्तुहरुको तयारी रुपमा निर्यात गर्नुपर्दछ ।
३. कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यापारीकरण गर्नुपर्दछ । जसले गर्दा नेपालले कृषिजन्य वस्तुहरु बढी निर्यात गर्न सक्दछ ।
४. बढी मूल्य भएका बस्तुहरुको निर्यातमा सरकारी तवरबाट निरुत्साहित गरीनुपर्दछ । जस्तै : सुन, हिरा तथा अन्य महंगा गरगहनाहरु
५.सरकार र आमनागरीकले स्वदेशमै उत्पादन भएका वस्तु तथा सेवाको प्रयोगमा जोड दिनुपर्दछ ।
६. नेपालले आयात कम गर्नका लागि नेपालमा भएका औधोगीक क्षेत्रहरुलाई विभिन्न सहुलियत तथ सेवा, सुविधा दिएर प्रोत्साहित गर्नुपर्दछ ।
प्रकाशित समय : ११:२० बजे





















