back

भरतपुरले अपनाएको विकास मोडलबाट देशका अन्य पालिकाले पनि सिक्नु पर्छ : मन्त्री यादव

nactional life

काठमाडौँ । वन तथा वातावरण मन्त्री प्रदीप यादवले भरतपुर महानगरले लिएको विकासको तिव्रता अरु पालिकाले पनि अनुसरण गर्नुपर्ने बताउनुभएको छ ।

भरतपुर महानगरपालिकाको कार्यालयमा महानगरकी प्रमुख रेणु दाहाल, चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ्लगायतसँगको छलफलका क्रममा मन्त्री यादवले भरतपुर महानरपालिकाले अपनाएको विकासको मोडल देशकै लागि नमूना भएको बताउनुभयो ।

पछिल्लो पाँच वर्षमा भरतपुरमा अप्रत्यासित ढङ्गले भएको विकासले सबै आश्चर्यचकित भएको बताउँदै मन्त्री यादवले यसबाट अरु स्थानीय तहले पनि पाठ सिक्नुपर्ने उहाँको भनाई छ ।

महिला प्रमुख भएर उदाहरणीय एवम् नमुना काम गरेकै परिणामस्वरुप दोस्रो पटक पनि अत्यधिक मतका साथ भरतपुरका जनताले दाहाललाई जिताएको मन्त्री यादवको भनाई छ । उहाँले भन्नुभयो, “उहाँ मेयर बन्नुको पछाडी उहाँका बुबा प्रचण्डजीको कुनै आशिर्वाद थिएन, उहाँको निडर स्वभाव, दीर्घ इच्छा शक्ति र महानगरको विकासका लागि उहाँले देखेको सपना र डिजाईनका कारण महानगरबासीले उहाँलाई जिताएका हुन् ।” मन्त्री यादवले थप्नुभयो, “रेणुजीले गरेका कामले उहाँलाई अब मेयर मात्रै हैन प्रधानमन्त्री पनि बनाउने छ भन्नेमा म विश्वस्त छु ।”

यसअघि माडी र हुलाकी सडकको अनुगमन गरेको स्मरण गर्दै मन्त्री यादवले हुलाकी सडक बिस्तारमा वनबाट भएका अवरोधलाई हटाएर चितवन र पर्सालाई जोड्ने हुलाकी सडक निर्माणको गतिलाई तिव्रता दिनुपर्ने बताउनुभयो ।

वन मन्त्रालयबाट अनुमती नपाएर अगाडि बढ्न नसकेका सम्पूर्ण काम आवश्यक अध्ययन र प्रक्रिया पश्चात फास्टट्र्याकमा गर्दै विकास निर्माणको काममा भएका वाधाहरूको समाधान गर्न मन्त्रालयका कर्मचारीहरुलाई उहाँले निर्देशन पनि दिनुभएको छ ।

हुलाकी सडक निर्माण भएसँगै पर्सा राष्ट्रिय निकुञ्ज भएर ठोरीसम्म पुग्ने पर्यटकहरुको संख्यामा बृद्धि हुने र यसले पर्यटन व्यवसाय गर्नेहरुलाई रोजगारीको सृजना गर्ने मन्त्री यादवको विश्वास छ ।

मन्त्री यादवले भरतपुर महानगरसहित समग्र चितवन जिल्लाको समृद्धिका लागि वन मन्त्रालयबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।

भरतपुरकी मेयर रेणु दाहालले भरतपुरमा रहेको नगर वनको स्वामित्व महानगरपालिकालाई दिनुपर्ने प्रस्ताव राख्नुभयो । नगर वनलाई अन्तराष्ट्रिय स्तरको पार्क बनाउने आफ्नो योजना रहेको बताउनुभएको थियो । त्यस्तै उहाँले भरतपुरको भविष्यसँग जोडिएको ट्र्याल सेन्टरसहित यातायात कार्यालय स्थापनाको काम पनि वन मन्त्रालयमार्फत काम अगाडि बढाउन अनुरोध गर्नुभयो ।

कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेम नारायण कँडेल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेल, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामवन्धु सुवेदीलगायतको उपस्थिति रहेको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ललितपुर महानगरमा ई–चलान प्रणाली लागू, अब क्यूआरमार्फत जरिवाना तिर्न सकिने

ललितपुर महानगरमा ई–चलान प्रणाली लागू, अब क्यूआरमार्फत जरिवाना तिर्न सकिने

वि.सं.२०८३ असार १ सोमवार १२:४९

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सवारीसाधन जथाभावी पार्किङ...

इलामको सामुदायिक विद्यालयहरूको कार्यसम्पादन परीक्षणमा रोङ गाउँपालिका पहिलो 

इलामको सामुदायिक विद्यालयहरूको कार्यसम्पादन परीक्षणमा रोङ गाउँपालिका पहिलो 

वि.सं.२०८३ असार १ सोमवार १२:४१

इलाम । इलामको सामुदायिक विद्यालयहरूको कार्यसम्पादन परीक्षणमा रोङ गाउँपालिका पहिलो...

काठमाडौँ महानगरमा भाडामा लगाएको घर अब अनिवार्य दर्ता गर्नुपर्ने (पूर्णपाठ)

काठमाडौँ महानगरमा भाडामा लगाएको घर अब अनिवार्य दर्ता गर्नुपर्ने (पूर्णपाठ)

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:१७

काठमाडौं । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आगामी आर्थिक...

काठमाडौंलाई ‘जीवन्त सङ्ग्रहालय’ बनाउँदै महानगर : पर्यटन प्रवद्र्धनमा नयाँ नीति र कार्यक्रम

काठमाडौंलाई ‘जीवन्त सङ्ग्रहालय’ बनाउँदै महानगर : पर्यटन प्रवद्र्धनमा नयाँ नीति र कार्यक्रम

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:१४

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति...

जमलमा फुटपाथ क्षति पु¥याएको आरोपमा कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना

जमलमा फुटपाथ क्षति पु¥याएको आरोपमा कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२५

काठमाडौं । काठमाडौं महानगर प्रहरी बलले वडा न.१ जमल क्षेत्रमा...

काठमाडौँ मेयर कप स्वीमिङ च्याम्पियनसिपमा नेपाल पुलिस क्लव विजेता 

काठमाडौँ मेयर कप स्वीमिङ च्याम्पियनसिपमा नेपाल पुलिस क्लव विजेता 

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०९

काठमाडौं । नेपाल पुलिस क्लव, काठमाडौं मेयर कप स्वीमिङ च्याम्पियनसिपको...