नव नियुक्त परराष्ट्रमन्त्री खड्काद्वारा शपथ ग्रहण
वि.सं.२०७८ असोज ६ बुधवार
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष मन्त्री खड्काले शपथ लिएका हुन् ।
समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामखु अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, मन्त्रीगण, संवैधानिक निकायका उच्च पदाधिकारीलगायत उपस्थित थिए ।
मन्त्री खड्कालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आजै परराष्ट्रमन्त्रीमा नियुक्त गरेका हुन् ।
२०७८ असोज ६ गते प्रकाशित
प्रकाशित समय : १४:०० बजे





















