पाठेघरको चेकजाँचको लागि नर्भिकमा फ्री ओपीडी लिन पाइने
वि.सं.२०७८ भदौ ३० बुधवार
काठमाडौँ । नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियान अन्तर्गत आउने शनिबार प्रजनन क्यान्सरको विषयमा निःशुल्क सेवा सञ्चालन हुने भएको छ।
आउने शनिबार नर्भिक अस्पतालका प्रजनन् क्यान्सर रोग विशेषज्ञ(गाइने अंकोलोजिस्ट) डा. एलिजा श्रेष्ठले निःशुल्क ओपीडी सेवा दिने भएकी हुन्।
डा. श्रेष्ठका अनुसार महिनावारीमा गडबडी भएका, औषधि खाएरसमेत पाठेघरसँग सम्बन्धित समस्या समाधान नभएका, पाठेघर तथा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गर्नुपर्नेजस्ता समस्या भोगिरहेका बिरामीहरुले निःशुल्क ओपीडी सेवामा सहभागी भएर लाभ लिन सक्नेछन्।
निःशुल्क ओपीडी सेवा शनिबार बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म सञ्चालन हुनेछ।
नर्भिकले विगत केही साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलिटी (सीएसआर) अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपीडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ।
निःशुल्क ओपीडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा वा नर्भिक अस्पतालको कल सेन्टर नम्बर ०१–५९७००३२ मा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ।
२०७८ भदौ ३० गते प्रकाशित
प्रकाशित समय : १३:४९ बजे






















