back
Naima

रेमिट्यान्स सहज बनाउँदै इसेवा मनी ट्रान्सफर

काठमाडौँ । नेपालमा इसेवा डिजिटल वालेटको झन्डै ५० लाख प्रयोगकर्ता छन्। विगतका दिनमा इसेवाका ग्राहकले पानी–बिजुलीको बिल, स्कुल–कलेजको फी, हवाई टिकट, मोबाइलमा टपअपलगायत अन्य सेवाका लागि प्रयोग गर्दै आएका थिए। आफ्ना ग्राहकलाई थप सेवा प्रदान गर्नुका साथै नेपालमा डिजिटल रेमिट्यान्समा रुपान्तरण गर्ने हेतुका साथ इसेवाले ‘इसेवा मनी ट्रान्सफर’ सञ्चालन गरेको झन्डै दुई वर्ष भयो।

सन् २०१९ सेप्टेम्बरबाट नेपाल राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त गरी इसेवा मनी ट्रान्सफरले रेमिट्यान्स सुविधा दिँदै आएको छ। नेपालमा अहिले ५२ वटा रेमिट्यान्स कम्पनीहरु सञ्चालनमा छन्।

नेपालको सबैभन्दा कान्छो रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफर छोटो समयमै ठूलो संख्यामा ग्राहक समेट्न सफल भएको छ। विदेशबाट रेमिटेन्स डिजिटली पठाउन सहजीकरण गर्दै रेमिट्यान्स व्यवसायमा ठूलो फड्को मारेको इसेवा मनी ट्रान्सफर नेपालको टप ७ रेमिट्यान्स कम्पनीमा पर्न सफल भएको छ।

मनीग्राम, वर्ल्ड रेमिट, रेमिटली, स्मल वर्ल्ड, लिगल रेमिटलगायत अन्य २३ वटा अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनीसँग सहकार्य गरेको इसेवा मनी ट्रान्सफरको सुविधा झन्डै २०० देशमा उपलब्ध छ। इसेवा मनी ट्रान्सफरबाट प्रयोगकर्ताले अहिले जापान, कोरिया, बेलायत, अमेरिका, अस्ट्रेलियालगायत अन्य देशबाट रेमिट्यान्स पठाउने गरेका छन्। उक्त रेमिट्यान्सको ८० प्रतिशत हिस्सा बैंकमा, १५ प्रतिशत वालेटमा र बाँकी ५ प्रतिशत क्यासमा भुक्तानी हुने गरेको छ।

नेपालजस्तो मुलुकमा अधिकांश घरको कम्तीमा एक सदस्य रोजगारी, शिक्षालगायत विभिन्न सिलसिलामा विदेशमा रहेका छन्। विदेशमा रहेका नागरिकलाई इसेवा मनी ट्रान्सफरले सञ्चालन भएको कम समयमा नै अन्य रेमिट्यान्स कम्पनीको तुलनामा छिटो, सुरक्षित साथै कम दरमा डिजिटल रेमिट्यान्सको सुविधा दिन सफल भएको छ।

ग्राहकले क्यासमा मात्र नभई वालेट साथै बैंक खातामा सजिलै पैसा पठाउन सक्ने भएकाले गर्दा पनि इसेवा मनी ट्रान्सफरको प्रयोगकर्ताको संख्या दैनिक रुपमा बढ्दो क्रममा छ।

अहिले नेपालमा इसेवाका झन्डै १ लाख सञ्जाल छन्। यसका साथै ८ हजारभन्दा बढी बैंक, वाणिज्य बैंक, विकास बैंक, सहकारीलगायत अन्य विभिन्न फाइनान्स कम्पनीसँग सहकार्य गरी इसेवाले विभिन्न किसिमका सेवा दिन सफल भएको छ। इसेवा मनी ट्रान्सफरको आउने दिनमा यी काउन्टरबाट आफ्ना ग्राहकलाई रेमिट्यान्सको सुविधा प्रदान गरी रेमिट्यान्स बिजनेसमा ठूलो फड्को मार्ने योजना रहेको छ।

२०७८ भदौ ३० गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

वि.सं.२०८३ साउन २७ बुधवार १९:४२

काठमाडौं । सरकारी कार्यालयहरूबाट प्रवाह हुने सेवालाई थप सर्वसुलभ, पारदर्शी...

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

वि.सं.२०८३ साउन २७ बुधवार १९:२१

काठमाडौं । काठमाडौंमा पोर्चुगल कन्सुलर कार्यालय स्थापना गर्ने निर्णय गरेपछि...

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

वि.सं.२०८३ साउन २७ बुधवार १८:३६

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

डेटा मार्फत नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित बनाउने ट्रेलम्यापरको पहल

डेटा मार्फत नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित बनाउने ट्रेलम्यापरको पहल

वि.सं.२०८३ साउन २७ बुधवार १४:५९

काठमाडौं । नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने...

मन्त्रिपरिषद्का ५ निर्णय : एनसेलको छानबिन प्रतिवेदन सार्वजनिकदेखि चार जनालाई सहिद घोषणा

मन्त्रिपरिषद्का ५ निर्णय : एनसेलको छानबिन प्रतिवेदन सार्वजनिकदेखि चार जनालाई सहिद घोषणा

वि.सं.२०८३ साउन २६ मंगलवार १७:०८

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले विभिन्न पाँच...

परराष्ट्र मन्त्रालयका ऐतिहासिक दस्तावेज संरक्षणमा गम्भीर छौँ : मन्त्री खनाल

परराष्ट्र मन्त्रालयका ऐतिहासिक दस्तावेज संरक्षणमा गम्भीर छौँ : मन्त्री खनाल

वि.सं.२०८३ साउन २५ सोमवार १८:१७

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयमा रहेका ऐतिहासिक दस्तावेज,...