back

कुमारी बैंकको तेस्रो त्रैमासीक छलाङः खुद नाफा ७८.५८ प्रतिशतले बढ्यो

काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आउँदा आफ्ना आर्थिक सूचकहरुमा छलाङ मारेको देखिएको छ । यो तेस्रो त्रैमासमा बैंकले १ अर्ब ८० करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत वर्षको तुलनामा ७८ दशमलव ५८ प्रतिशतले बढी हो । बैंकले गत आर्थिक बर्षको सोहि अवधिमा १ अर्ब १ करोड २७ लाख रुपैयाँ आर्जन गरेको थियो ।
बैंकले समिक्षा अवधिमा वितरणयोग्य मुनाफामा पनि छलाङ हानेको छ । अर्थात गत वर्षको तुलनामा २०८५ दशमलव १५ प्रतिशतले आफ्नो वितरण योग्य नाफा बढाएको छ । अहिले बैंकको वितरण योग्य मुनाफा ९८ करोड ४६ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको यस अवधिमा ४ करोड ५० लाख रुपैयाँ वितरण योग्य मुनाफा आर्जन गरेको थियो ।

बैंकले समिक्षा अवधिमा खुद ब्याज आम्दानी ३९.०४ प्रतिशत बढेर ३ अर्ब ८२ करोड २७ लाख रुपैयाँ, खुद फि तथा कमिशन आम्दानी ४३.६४ प्रतिशत बढेर ५८ करोड ४८ लाख रुपैयाँ रहेको छ । त्यस्तै, यस अवधिमा बैंकको अन्य सञ्चालन आम्दानी साढे ७ करोडबाट बढेर करिब ३२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, यस अवधिमा बैंकको सञ्चालन मुनाफा ७४.४१ प्रतिशत बढेर २ अर्ब ५९ करोढ रुपैयाँ रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ २४ पैसा बढेर १७ रुपैयाँ ३४ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १८.८८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ४९ पैसा रहेको छ ।

गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको चुक्ता पूँजी १०.८५ प्रतिशत बढेर १३ अर्ब ८७ करोड ८४ लाख रुपैयाँ, जगेडा कोष ३.७३ प्रतिशत बढेर ४ अर्ब ९२ करोड ५० लाख रुपैयाँ, बैंकको निक्षेप ९।५७ प्रतिशत बढेर १ खर्ब २७ अर्ब ६९ करोड रुपैयाँ र कर्जा १६।५५ प्रतिशत बढेर १ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ ।

nactional life
Corporatebazar 11 Anniversary

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४१

काठमाडौं । गरिमा विकास बैंंक लिमिटेडलाई दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र...

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

वि.सं.२०८३ वैशाख ९ बुधवार १६:१८

काठमाडौँ । विश्व इतिहासमा स्टिम इन्जिन र कम्बस्चन इन्जिनले शक्ति...

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०१

काठमाडौँ । कृषि क्षेत्रमा व्याप्त बिचौलिया संयन्त्रलाई निरुत्साहित गर्दै वास्तविक...

बजारमा देखिन थाल्यो महँगीको ‘सुनामी’: इन्धनदेखि भान्छासम्म चौतर्फी मार

बजारमा देखिन थाल्यो महँगीको ‘सुनामी’: इन्धनदेखि भान्छासम्म चौतर्फी मार

वि.सं.२०८३ वैशाख ८ मंगलवार २१:१६

काठमाडौँ । अन्तर्राष्ट्रिय भू-राजनीतिक तनाव र पेट्रोलियम पदार्थको अनियन्त्रित मूल्यवृद्धिको...

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:०५

काठमाडौँ । सरकारले विदेशी लगानी आकर्षित गर्न 'अटोमेटिक रुट' (स्वचालित...

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:३०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८...