back

मात्रै डेढ सयमा १२ थरी मम, जानी हैन त खान?

काठमाडौं। काठमाडौंको डिल्लीबजारमा शनिबारदेखि १२ थरी मःमः रेरष्टुरेन्ट संचालनमा आएको छ। २५ वर्षका दुई युवाले ३० लाख रुपैयाँ लगानीमा यो रेष्टुरेन्ट खोलेका हुन्।
पोखरामा होटल संचालन गरिरहेका आग्रह अर्याल र लक्ष्मी समूहको जागिर छाडेका सुनिम मैनालीले खोलेको यो रेष्टुरेन्टमा १२ थरीका मम पाइन्छ। अर्यालको पोखराको लेकसाइडमा क्राउन हिमालय होटल छ। अर्याल र मैनाली स्कुले साथी हुन्।

‘हामी १२ वर्षदेखि सम्पर्कमा छौं। पहिलेदेखि आफ्नै व्यवसाय सरु गर्ने योजना बनाएका थियौं। खाजाको रूपमा हाम्रो देशमा मःमः नै पहिलो प्राथमिकतामा छ। हामीले आफ्नो आउटलेटमार्फत विशेषगरी विभिन्न प्रकारका मःमः को स्वादमा ल्याउने प्रयास गरेका छौं,’ अर्यालले भने।
रेष्टुरेन्ट खोल्नु अगाडि उनीहरुले मुलुकका विभिन्न शहरमा सञ्चालित प्रख्यात रेष्टुरेण्टमा मःमःको स्वाद लिएका थिए। डिल्लीबजारमा पाँच सय स्क्वायर फिट क्षेत्रफलको आउटलेट छ। एकपटकमा २६ जना ग्राहकले सहजै सेवा लिन सक्ने आउटलेटमार्फत टेक अवे र होम डेलिभरी सेवा लिन सक्ने सञ्चालक मैनालीले बताए। उनका अनुसार अनलाइन डेलिभरीका लागि फूडमाण्डूलाई आवद्ध गरिएको छ।
हालको अवस्थालाई मध्यनजर गर्दै आउटलेटमा स्वास्थ्य सुरक्षा अवलम्बनसँगै रकम भुक्तानीका लागि क्युआर कोड प्रणाली लागू गरिने उनले जानकारी दिए। ‘सुरुवाती चरणमा हाम्रो रेष्टुरेन्टमा १५० रुपैयाँमै ग्राहकले विभिन्न प्रकारको मःमःको स्वाद लिन सक्नेछन्’ उनले भने। ग्राहकले अनलाइन अर्डर र डिजिटल पेमेन्ट गर्ने पनि सुविधा हुनेछ।
रेष्टुरेन्टमा कोदो, फापर, ग्रीन, चिज लगायत विभिन्न थरीका मःमः पाइनेछ। ‘अहिले फापर र कोदोलाई स्वास्थ्यवर्धक मानिँदै आइएको छ। हामीले यी दुई प्रकारका मःमःलाई अझै प्राथमिकतामा राखेका छौं,’ उनले भने, ‘ओपनिङमा हामीले सबै प्रकारका मःमः १५० रुपैयाँमा बिक्री गर्ने योजना छ। अलि पछि हामीले मेनु सार्वजनिक गर्छौं।’
प्रत्येक परिकारमा तीन थरीको अचार ‘चटनी राखिएको उनले जानकारी दिए। ग्राहकले झोल मःमःमा भने गुन्द्रुक र तामाको झोलसहितको भिन्न स्वाद लिन सक्नेछन्। रेष्टुरेन्टमा मःमः सँगै सफ्ट ड्रिंक्स, फ्रेञ्च फ्राइ, चिकेन विङ्स लगायतको परिकार पनि राखिएको उनले जानकारी दिए। पहिलो ब्रान्च सञ्चालनमा आएसँगै तत्काल थप एउटा आउटलेट विस्तार गर्ने योजना छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...