स्वर्गीय पत्रकार अधिकारीको परिवारद्धारा सामाजिक सञ्जालबाटै समवेदन प्रकट गर्न अनुरोध

वि.सं.२०७८ वैशाख १२ आइतवार

दाङ– कोराना भाइरसको सक्रमणबाट दिवंगत दाङका पत्रकार दामोदर अधिकारीको परिवारले सामाजिक सञ्जालबाटै समवेदना प्रकट गर्न आग्रह गरेका छन् । बढ्दो कोरोना सक्रमणको जोखिम कम गर्न आफूहरुलाई समाजिक सञ्जाल तथा फोनबाटै समवेदना दिन आग्रह गरेको छ ।
कोराना सक्रमण बढेका कारण आफूहरुलाई समवेदना दिन आउने जाने क्रममा आफ्ना इष्टमित्रलाई जोखिम बढ्न सक्ने भन्दै यस बिषम परिस्थितिलाई बुझेर सामाजिक सञ्चाल फेसबुक, फोन वा म्यासेज गरेर आफूहरुलाई समवेदन दिन परिवारले अनुरोध गरेको हो ।
समवेदनका लागि मानो लिएर घरमै आउने क्रममा हुने भिडभाडले जोखिम बढाउन सक्ने भन्दै पत्रकार अधिकारीका बुवा गिरिराज अधिकारीले आफूले भौतिक उपस्थित नभएरै समवेदन दिन अनुरोध गरेको बताए । कोरोना भाइरसले आफूले एक मात्रै छोरा गुमाइसकेको भन्दै अधिकारीले यो पिडा अव अरुलाई नपरोस भनेर आफूहरुले समाजिक सञ्जालबाटै समवेदन दिन अनुरोध गर्नुपरेको बताए ।
मानो मिसाउन आउनेको संख्या बढ्न थालेको र त्यसबाट हुने जोखिमलाई कम गर्न आफूले भौतिक उपस्थिति नहुन अनुरोध गर्नुपरेको परिवारले जनाएको छ । भौतिक उपस्थित नभइ नमान्ने इष्टमित्रका लागि मानोको रुपमा कुनै पनि बस्नु नल्याई आउन पनि परिवारले अनुरोध गरेको छ । कोरोना भाइरस सक्रमणका कारण पत्रकार दामोदर अधिकारीको उपचारका क्रममा बैशाख ७ गते काठमाण्डौमा निधन भएको थियो ।

प्रकाशित समय : ०४:३४ बजे