back

निफ्राले मुलुकको पहिलो ‘स्काई वाक टावर’ परियोजनामा लगानी गर्ने

काठमाडौँ । कोभिड–१९ बाट सृजित विषम परिस्थितिका बावजुद मुलुकको पर्यटकीय पूर्वाधारमा नवीनतम अवधारणा सहित काठमाडौंको कमलादी र धनकुटाको भेडेटारमा निर्माणाधीन मुलुकको पहिलो ‘स्काई वाक टावर’ परियोजनाहरु निर्माण र संचालनका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को एकल लगानीमा परियोजना निर्माणकर्ता वोन्डर्स ग्रुपसँग कर्जा लगानी सम्झौता सम्पन्न भएको छ ।

वोन्डर्स ग्रुपको निर्माणाधीन कमलादी स्थित ‘स्काई वाक टावर’ ७८ मिटर उचाई को हुने र उक्त टावरमा योगा स्थल, रेस्टुरेन्ट लगायतका मनोरञ्जनात्मक क्रियाकलापहरुको लागि व्यवस्था सहितको पूर्वाधारहरु रहने छन् । मुलुककै अग्लो उचाईको टावरबाट काठमाडौं उपत्यका को रमणीय दृष्य शिशा को सतह बाट अवलोकन गर्न सकिने यस परोयोजनाले आन्तरिक तथा बाह्य पर्यटक लाई उल्लेख्य मात्रामा आकार्षित गर्ने अपेक्षा गरिएको छ ।

यसै गरि धनकुटाको भेडेटारमा निर्माणाधीन ‘स्काई वाक टावर’ सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत निर्माण गर्न लागिएको हो । प्रदेश १ को लगानी प्राधिकरण र परियोजना निर्माणकर्ता बिच भएको परियोजना विकास सम्झौता अनुरुप निर्माण हुन लागेको यस परियोजनाले देशको पुर्व भूभागको मुख्य पर्यटकीय स्थलको रुपमा परिचित भेडेटारमा थप आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मद्दत गर्ने छ । बैंकले दुईवटै परियोजनाहरु निर्माणका लागि रु। ६७ करोड ५० लाख बराबरको कर्जा सिमा स्वीकृत गरेको छ।

बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम कृष्ण खतिवडा, नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे लगायतका बैंकको पदाधिकारीहरुको उपस्थिति थियो भने परियोजनाको तर्फबाट अध्यक्ष प्रबेन्द्र पोखरेल, संचालक पदम प्रसाद न्यौपाने, संचालक तेज बाहादुर सिंह, संचालक खेम राज न्यौपाने लगायतका संचालक र व्यवस्थापन समूहको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अध्यक्ष प्रबेन्द्र पोखरेल तथा संचालक पदम प्रसाद न्यौपानेले परियोजनाको लक्ष्य सहित भावी योजनाहरुको बारेमा जानकारी गराउदै नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नयाँ सोचका साथ अगाडी बढेको समूहलाई विश्वास गरि पूर्ण प्रोजेक्ट फाइनान्सिङ्गको अवधारणा अंगिकार गरि कर्जा स्वीकृति भएको र सम्झौता सम्पन्न हुँदा आफुहरु निकै उत्साहीत भएको जनाए । साथै, परियोजनाहरुको निर्माण कार्य द्रुत गतिमा संचालन गरी परियोजनाको व्यवसायीक संचालन तय गरिएको मिति भित्रै सम्पन्न गरी संचालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे। सोही कार्यक्रममा बैंक तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम कृष्ण खतिवडा र नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले निफ्रा यस्तै किसिमका पूर्वाधार निर्माणमा वित्तीय पहुँच पुर्याउन स्थापित भएको हुँदा यी परियोजनाहरुको सफलताको शुभकामनाका साथ भविष्यमा समेत यस्ता नवीनतम सोचलाई हातेमालो गर्ने बैंकको रणनीति रहेको जानकारी गराए ।

२०७८ साउन २५ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...