back

सडक मर्मतका लागि आएको सांसद विकास कोषको १५ लाख कामै नगरी भित्रभित्रै स्वाहा

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा सांसद विकास कोषबाट प्राप्त भएको रु १५ लाख कागजी प्रतिवेदन मै सम्पन्न गरिएको जनगुनासो छ । वडा नं १ को किसनपुरस्थित सडक मर्मतका लागि निकासा भएको सो रकम काम नै नगरी सकिएको आरोप लगाइएको हो ।
गाउँपालिकाले असार १५ गते नै सडक स्तरोन्नति भइसकेको भन्दै प्रतिवेदन तयार पारेपनि स्थानीयवासीले कामै नभएकोे बताउँदै आएका छन् । स्थानीय रामवृक्ष महतोको घरदेखि भैसियाहीसम्मको सडक स्तरोन्नतिका लागि आएको सो रकम गाउँपालिका अध्यक्ष र वडाध्यक्ष मिलेर अनियमितता गरेको सोही स्थान निवासी अवधलाल रायको आरोप थियो ।

उनले भने, “अहिले पनि यो सडक पुरानै अवस्थामा छ, सांसदले उपलब्ध गराएको रकम कहाँ गयो थाहा छैन । जिल्लामा विकासको काम गर्दा कम्तीमा आधामात्र भए पनि काम गर्ने गरिन्थ्यो तर यहाँ एक मुठी माटो र बालुवा पनि हालिएको देखिएन ।”

आर्थिक वर्ष २०७७÷७८ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत आएको सो रकमबाट कागजीरुपमा भइसकेको देखाइएको अर्का स्थानीयवासी राजकुमार महतोको गुनासो थियो ।

आफूहरुले इमान्दारीपूर्वक काम गर्दा पनि अनियमितता भएको भन्दै झुटा कुरा गरेर बदनाम गर्ने कार्य गरिएको गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले बताउनुभयो । सडकको स्तरोन्नतिका लागि स्थानीयवासीको स्वीकृत योजनाअनुसार भेलाबाट उपभोक्ता समिति गठन गरी रामवृक्षको घरदेखि बेचन पासवानको घरहुँदै भैसियाही खोलासम्मको सडक स्थानीय सरकारको निर्देशिका र मापदण्दअनुसार स्तरोन्नति गरिएको उनको जिकिर थियो ।

अध्यक्ष महतोले गाउँपालिकाको प्रतिक्रियाबिना एकतर्फी समाचार बनाइ केही सञ्चारमाध्यमले पीतपत्रकारिता गरेको आरोप पनि लगाए। जुन सडकमा योजनाअनुसार काम भएको छ, त्यसलाई नदेखाई खाल्टो भएको सडकलाई आधार बनाएर समाचार सम्प्रेषण गर्नेलाई पनि कानूनी दायरामा ल्याउने कार्य भइरहेको उनले बताए ।

उक्त सडक मर्मतमा जनसहभागितासहित रु १६ लाख ७७ हजार खर्च भएको कुनै अनियमितता नभएको जिकिर गर्दै अध्यक्ष महतोले रामवृक्षकोे घरदेखि भैसियाहीसम्म तीनवटा सडक रहेकामा एउटा सडक मात्र स्तरोन्नति गरिएको र सोहीअनुसार उपभोक्ता समितिलाई भुक्तानी दिइएको जानकारी दिनुभयो ।
सोही वडाका वडाध्यक्ष बच्चे राय यादवले सो स्थानमा कामै नभएको भन्दै साउन ५ गते गाउँपालिकामा उजुरी दिनुभएकामा पछि विचार परिवर्तन गरेका थिए । पहिले तोकिएको भन्दा अर्कै सडक स्तरोन्नति भएको छ भन्ने सुनेको छु कामै नभएको होइन, काम भएको तर सडक फरक परेको हुनसक्ने सांसद प्रमोद साहले बताए ।

उनले भने ‘जुन सडकमा काम गर्नुपर्ने हो, त्यहाँ काम भएको देखिएको छैन,’‘मेरो सहमतिबिना योजना अर्कै ठाउँमा सारिएको रहेछ ।’ अर्को ठाउँमा काम गरिए पनि योजनानुसार नगरिएकाले यस्तो काम गर्नेलाई कारवाही गरिने बताए ।

२०७८ साउन २५ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

वि.सं.२०८३ असार २८ आइतवार १८:०८

काठमाडौं । नेपाली पात्रो अनुसार हामी असार मसान्तको संघारमा छौँ।...

आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन

आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन

वि.सं.२०८३ असार २६ शुक्रवार ११:५८

काठमाडौँ  । आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका मुगुको सोरु...

सरकारका एक सय दिनका उपलब्धि सार्वजनिक, मन्त्रालयको संख्या घटाउँदा २० अर्ब बचत हुने अनुमान

सरकारका एक सय दिनका उपलब्धि सार्वजनिक, मन्त्रालयको संख्या घटाउँदा २० अर्ब बचत हुने अनुमान

वि.सं.२०८३ असार २० शनिवार २१:०८

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछिका एकसय दिनका उपलब्धिहरु...

आरोग्य पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्डमा सचिवालय स्थापनाको तयारी 

आरोग्य पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्डमा सचिवालय स्थापनाको तयारी 

वि.सं.२०८३ असार १७ बुधवार १८:२०

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आरोग्य...

एमआरपी विवादले चाडपर्वमा आयात प्रभावित हुनसक्ने, व्यवसायी अन्योलमा : हिमलाल खराल

एमआरपी विवादले चाडपर्वमा आयात प्रभावित हुनसक्ने, व्यवसायी अन्योलमा : हिमलाल खराल

वि.सं.२०८३ असार १७ बुधवार १०:५२

काठमाडौं । सरकारले बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा बिक्री...

नेप्सेमा गिरावट जारी: परिसूचक १६.५४ अंकले घट्दा कारोबार रकम पनि सङ्कुचित

नेप्सेमा गिरावट जारी: परिसूचक १६.५४ अंकले घट्दा कारोबार रकम पनि सङ्कुचित

वि.सं.२०८३ असार १५ सोमवार १६:५०

काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार धितोपत्र बजार (नेप्से)...