back

छारे रोग अर्थात मृगी(Epilepsy)

nactional life

छारे रोग मस्तिक सम्बन्धि नसर्ने एक प्रकारको दीर्घकालिन स्वास्थ्य समस्या हो जस्मा व्यक्तिलाई पटक पटक स्पस्ट कारण बिना कम्पन वा झट्टका आइरहन्छ ।

छारे रोगबारे अहिले पनि हाम्रो समाजमा भूतप्रेतका कारणले लाग्ने रोग, कहिले निको नहुने रोग, सरुवा रोग भन्ने जस्ता थुप्रै यस्तै भ्रम छ। तर, चिकित्सा विज्ञानका अनुसार यो रोग कुनै भूतप्रेतले लाग्ने रोग नभई मानिसको मस्तिष्कमा आउने गडबडीका कारण लाग्ने गर्छ ।

विश्व स्वस्थ संगठनका अनुसार विश्व मा १००० जनामध्ये ४ देखि १० जनालाई छारे रोग हुन्छ जवकी हाम्रो जस्तो मुलुक मा १००० जना मध्ये ४ देखि १५ जनालाई यो रोग देखिन्छ । नेपालमा एक प्रतिशतभन्दा बढी जनसंख्या छारे रोगले पीडित छन्

छारे रोगका कारणहरु:(causes)
छारे रोग थुप्रै कारणहरु ले हुन सक्छ ।
-बच्चा जन्मदा टाउकोमा चोट लागेमा,
-Brain tumor
-उच्चरक्तचाप (hypertension)
-मस्तिकमा इन्फेच्शन (Infection) भएमा,
-टाउकोको चोट (head injury),
-मस्तिक मा रक्तश्राव भएमा (cerebral stroke), ‍‌
-Liver disease
-नाम्ले जुकाको अन्डाको संक्रमणले (Neurocysticerosis),
-शरिरमा ग्लुकाेजकाे मात्रा कम भएर(hypoglycemia)
-Enephalitis/ (brain tissue काे संक्रमण)
-meningitis
-अत्याधिक मदिरा सेवन गरेमा ( Alcohol withdrawl),
-बंशागुणत (Genetic)
उच्च ज्वराे (high fever) आदी कारणहरु रहेका छन ।

छारे रोगका लक्षणहरु
लक्षण सुरु हुनुभन्दा अगाडि दृष्टि धमिलो हुने,
मुर्छा पर्ने,
हात खुट्टा काप्ने,
शरीर लल्याकलुलुक हुने,
रोगी ले अनौठो गन्ध थाहा पाउने
फिंज काढ्ने,
जिब्रो टोक्ने,
बेहोस हुने,
लुगामा दिसा पिसाब हुने,
बेहोस अवस्थामा शरिरका मांसपेशी कडा हुने,
आचानक लड्ने
आधा अथवा पुर्ण शरीर  convulsion मा जान सक्ने
२-३ मिनेटमा बिरामी होसमा फर्किन्छ
आदि लक्षणहरु छारे रोगको हुन सक्छन ।

छारे रोगका कारणले व्यक्तिलाई के कस्तो प्रवाभ पार्दछ?
छारे रोगले व्यक्तिका जिवनमा विभिन्न परिणमहरु ल्याउन सक्छ । शारीरिक, सामाजीक, आर्थिक तथा व्यवहार र भारहरु पर्न सक्छ । छारे रोग लागेका मानिस जुन सुकै ठाउँमा पनि बेहोस हुन सक्छन् ।
घाँस दाउरा गर्दा, खाना पकाउदै गर्दा, बस वा गाडी चढ्दा, खेती पाती गर्दा, गाईगोठ गर्दा वा राति निदाएको वेला पनि हुन सक्छ । यस्तो रोगले छोपेको वेला एक्लै वा अन्य व्यक्ति भएको वेला पनि हुनसक्छ ।
बेहोस हुदाँ व्यक्ति सचेत हुंदैनन् । शरीर कम्पित वा कम्पन हुने, बेहोश हुने, जीउ तथा हातखुट्टा अरह्रो हुने, मुखबाट फ्रिज आउने, बेहोस हुदा व्यक्ति एक्कासी लड्ने हुन सक्छ । त्यसले व्यक्तिको शरीरमा घाउ चोट लाग्न सक्ने हुन सक्छ ।
बेहोस भएका वेला व्यक्तिले दिशा, पिसाब छोड्न सक्छन् । केहि पल देखि केहि मिनेटसम्म बेहोस हुने हुन सक्दछ । त्यस पछि व्यक्तिमा कम्पन पश्चात्ः थकित हुने, शरीरमा बल र शक्ति नहुने, अनौठो व्यवहार देखाउने, टाउको दुख्ने, मांशपेसी दुख्ने वा कम्जोरीपन हुन्छ । कतिपय अवश्थामा उनिहरु समाज तथा घरपरिवारबाटै अपहेलित हुनुपर्ने, कहिलेकाहिं छारेरोग अनियन्त्रित भइ ठुलै मानसिक समस्या पनि आइपर्ने अवश्था पनि आउन सक्छ ।

छारे रोगबाट कसरी बच्ने?

रोगि ब्यक्ति ले खोलानाला वरपर नघुम्ने वा पौडी नखेल्ने ,
सवारी साधन नहाकने , रुख नचढने
आगो ,बिजुली जस्ता खतराजन्य ठाउमा काम नगर्ने
बाथरुम तथा चर्पी जादा ढोकामा चुक्कुल नलगाउने,
उमालेको वा निर्मलीकरण गरेको सुद्ध पानी मात्र पिउने,
टाउकोमा चोटपटक लाग्न नदिने
काँचो साग, सलाद, फलफूल बोक्रा फालेर पानीले राम्रोसँग पखालेर मात्र खाने
ज्वरो आउँदा समयमै उपचार गर्ने ,
अनिँदो नबस्ने,
धेरै तनाव नलिने,
खाने कुरा के नखाने?
खाने कुरामा बंगूर या सुंगूरको मासुबाट ‍‌नाम्ले जुकाको अन्डा सर्ने हुनाले सकेसम्म यसको प्रयोग नगर्ने र गरे पनि पानी मा उमालेर पकाएर मात्र खाने।
समाजमा कुखुरा वा खसी को मासु पनि बार्नु पर्ने भन्ने धारणा भएपनि अरु प्रकारका मासुहरुबाट यो रोग हुन सकने आहिले सम्म देखिए को छैन।
मदिरा वा अरू नसालु पदार्थ सेवन पनि नगर्ने। आफुलाई कुनै खानेकुराले छारे वा छोप्ने हुन्छ जस्तो लाग्छ भने त्यो खानेकुरा बार्न वा नखान सकिन्छ ।

छारे रोगले छोपेको बेला गर्न हुने तथा नहुनेः

१.बिरामी खतरा स्थानमा छ भने सुरक्षित स्थानमा ल्याएर सुताउने,
२.शरीर कम्पन भएको बेलामा बल प्रयोग गरेर रोक्ने प्रयास नगर्ने,
३.बेहोस भएको बेलामा मुखबाट पानी अथवा खानेकुरा नखुवाउने,
४.काप्न छाडेपछि देब्रे कोल्टो पारेर सुताउने,
५.मुखमा चम्चा आदि हालेर खोल्न नखोज्ने,
६.मोजा,जुत्ता सघाउने ,साचो हातमा राखिदिने आदि कार्य नगर्ने ।
७.जिब्रो नटोकियोस भन्नाका लागि माथी र तल दातको बिचमा एउटा कपडाले बरेको सानो काठको टुक्रा राखिदिने ,
८.छारे रोग लागेको को बिरामी लाई गाडी चलाउने र ठूलो मेसिनमा काम गर्न नलगाउने,
९.मुख भित्र जम्मा भएको य्राल पुछिदिने जसले गर्दा बिरामीलाई श्वासप्रश्वास मा कठिनाई हुन पाउदैन,
१०.छारे रोगीले किचन र कुकको कामसमेत न गर्दा राम्रो हुन्छ किनकि यसले काम गरि राखेको बेला झट्टका आएर वा छोप्ने भएर दुर्घटना हुने जोखिम बढ्छ ।

उपचार पद्धती
छारे रोगको लक्षण देखिएमा सके सम्म तुरुन्त अस्पताल लैजानु पर्छ। डाक्टर को सल्लाह आनुसार टाउको को सी. टि. स्कयान ई. ई. जी.लगायत रगतका जाँचहरु गन्रु पर्ने हुन सक्छ । माथि उल्लेखित केहि कारणहरु देखिएमा तेस्को उपचार गर्नु पर्ने हुन्छ जसको लागि बिरामीलाई अस्पतालमा भर्ना गर्नुपर्ने पनि हुन सक्छ।
जस्तै टाउकोको चोट लागेर छारे भएको हो भने तेस्को उपचार पनि गर्नु पर्छ । छारे रोग रोक्नको लागि चिकिस्तकको सल्लाहमा औषधि सुरु गर्नु पर्छ जसले छारे रोगलाई रोक्ने काम गर्छ।
यी औसधीहरु थुप्रै प्रकारका हुन्छन र आन्तिम पटक झट्टका आएको दुई वर्ष वा बढी खानु पर्ने हुन सक्छ । कुन औसधी कति मात्रमा खाने तेस्को सल्लाह विशेषज्ञ चिकिस्तकसित लिएर औषधि नबिराई खानु पर्दछ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:५१

काठमाडौँ । सरकारले निजामती प्रशासनको आकार घटाएर चुस्त बनाउने भन्दै...

बजेटपछिको शेयर बजार: भ्रम चिर्दै, लमक्क लम्कदै

बजेटपछिको शेयर बजार: भ्रम चिर्दै, लमक्क लम्कदै

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०६

नेपालको शेयर बजार अहिले सतहमा हेर्दा केही सुस्त देखिए पनि...

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

वि.सं.२०८३ जेठ २४ आइतवार १६:४९

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनको मुख्य मेरुदण्ड मानिएको...

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

वि.सं.२०८३ जेठ २२ शुक्रवार १०:३१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना बित्न...

आर्थिक विशेष: दुई दशक पुरानो कम्पनी ऐन खारेज गरिँदै, डिजिटल युग र स्टार्टअप मैत्री ‘कम्पनी ऐन, २०८३’ ल्याउने तयारी

आर्थिक विशेष: दुई दशक पुरानो कम्पनी ऐन खारेज गरिँदै, डिजिटल युग र स्टार्टअप मैत्री ‘कम्पनी ऐन, २०८३’ ल्याउने तयारी

वि.सं.२०८३ जेठ १५ शुक्रवार १२:३१

काठमाडौँ। नेपाल सरकारले दुई दशकअघि तर्जुमा गरिएको पुरानो कम्पनी ऐन,...