back

सिभिल बैंकको नाफामा उल्लेख्य वृद्धि, यस्ता छन् अन्य सूचकहरु

nactional life

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमास सकियसँगै अहिले धेरै बैंक तथा वित्तिय संस्थाले आफ्नो सोही अवधिको वित्तिय विविरण सार्वजनिक गरिरहेका छन् । यो अवधिमा सिभिल बैंक पनि आफ्नो नाफामा उल्लेख्य सुधार गरेको छ । समिक्षा अवधिमा बैंकको खुद नाफा ३९.३९ प्रतिशतले बढेर ५० करोड २५ लाख ५५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ३६ करोड ५ लाख ३३ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । चैत मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा ३० करोड ७७ लाख ९५ हजार रुपैयाँ रहेको छ । बैंकको सञ्चालन नाफा बढेको र खराब कर्जा घटेकाले खुद नाफा बढ्न सहयोग पुगेको हो । सञ्चालन नाफा २६.४२ प्रतिशतले बढेर ६८ करोड १० लाख ६० हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष ५३ करोड ८७ लाख १२ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । खराब कर्जा १.८३ प्रतिशत ले घटेर १.१३ प्रतिशतमा आएको छ । अघिल्लो वर्ष खराब कर्जा २.९६ प्रतिशत थियो । यता, बैंकको खुद ब्याज आम्दानी भने ९.८६ प्रतिशतले घटेर १ अर्ब ५४ करोड ३ लाख ८६ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ७० करोड ८९ लाख ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

चैत मसान्तसम्म आइपुग्दा बैंकको निक्षेप संकलन ७१.०२ प्रतिशत र कर्जा लगानी ५१.६६प्रतिशतले बढेको छ । चुक्ता पुँजी ८ अर्ब ६४ करोड ३६ लाख ६१ हजार रुपैयाँ र जगेडा कोषमा १ अर्ब ४९ करोड १८ लाख ३८ हजार रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८१ पैसा र प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ३ पैसा छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:१७

काठमाडौँ । हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर सम्झौतासँगै, एभरेष्ट...

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल लेन्डिङको दायरा विस्तार गर्दै...

बीमा प्राधिकरणमा उजुरीको चाङ, चालु आर्थिक वर्षको १० महिनामा ५४३ मुद्दा कार्यसूचीमा, ३८६ अझै विचाराधीन

बीमा प्राधिकरणमा उजुरीको चाङ, चालु आर्थिक वर्षको १० महिनामा ५४३ मुद्दा कार्यसूचीमा, ३८६ अझै विचाराधीन

वि.सं.२०८३ जेठ २५ सोमवार १५:४५

काठमाडौँ। नेपाल बीमा प्राधिकरणमा बीमा दाबी भुक्तानी तथा सेवा प्रवाहसँग...

ग्लोबल आइएमई र भाटभटेनी बीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड

ग्लोबल आइएमई र भाटभटेनी बीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड

वि.सं.२०८३ जेठ २५ सोमवार १५:४३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १५:०६

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३२ औं वार्षिकोत्सवको अवसरमा आयोजित...

कुमारी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा १० प्रतिशतसम्म छुट

कुमारी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा १० प्रतिशतसम्म छुट

वि.सं.२०८३ जेठ २४ आइतवार १७:०२

काठमाडौं । कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पताल...