back
himalayan life

सिटिजन्स बैंकको नाफामा उछाल, ३३.४० प्रतिशतले बढ्यो

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा नाफामा उछाल आएको छ । बैंकको खुद नाफामा ३३.४० प्रतिशतले बढेर १ अर्ब ५९ करोड ८७ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको छ ।

अघिल्लो आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब १९ करोड ८५ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, बैंकको गत आवको चौथो त्रैमासमा खुद ब्याज आम्दानी २५.०८ प्रतिशतले बढेर ३ अर्ब ६० करोड ८१ लाख ४९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा २ अर्ब ८८ करोड ४७ लाख ५३ हजार रुपैयाँ आर्जन गरेको थियो ।

ग्त आर्थिक बर्षको असार मसान्तसम्म बैंकको सञ्चालन मुनाफा ४३।६६ प्रतिशत बढेर २ अर्ब १५ करोड ३५ लाख २३ हजार रुपैयाँ रहको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको सञ्चालन मुनाफा १ अर्ब ४९ करोड ९० लाख २३ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी ३८.३६ प्रतिशत बढेर १२ अर्ब ५७ करोड ६९ लाख २३ हजार रुपैयाँ, जगेडा कोष ४०.९२ प्रतिशत बढेर ६ अर्ब ९ करोड ८९ लाख ९६ हजार रुपैयाँ, निक्षेप संकलन ५८.९२ प्रतिशत बढेर १ खर्ब ४० अर्ब ६२ करोड ८४ लाख ८१ हजार रुपैयाँ र कर्जा ५०.१३ प्रतिशत बढेर १ खर्ब १८ अर्ब ५७ करोड ८ लाख ७७ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा बैंकको चुक्ता पूँजी ९ अर्ब ८ करोड ९८ लाख १७ हजार रुपैयाँ, जगेडा कोष ४ अर्ब ३२ लाख ७९ हजार रुपैयाँ, निक्षेप संकलन ८८ अर्ब ४९ करोड ६२ लाख २८ हजार रुपैयाँ र कर्जा ७८ अर्ब ९७ करोड ६३ लाख ९५ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा बैंकको वितरण योग्य मुनाफा ९१.५७ प्रतिशतले बढेर १ अर्ब ५७ करोड ८५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ८२ करोड ३९ लाख ९९ हजार रुपैयाँ रहेको थियो ।

बैंकको प्रतिशेयर आम्दानी समीक्षा अवधिमा १ रुपैयाँ ५० पैसा बढेर १५ रुपेयाँ ३८ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपातथ २५.१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ४९ पैसा रहेको छ ।

मर्जरमा आक्रामक रुपमा लागेको सिटिजन्स इन्टरनेशनल बैंकले हालसम्म विभिन्न ६ संस्थालाई गाभिसकेको छ । मर्जरमा आक्रामक बनेको बैंकको वित्तिय अवस्था लोभ लाग्दो देखिन्छ । गत असार २७ गते सिर्जना फाइनान्सलाई प्राप्ति गरि एकिकृत कारोबार शुरु गरेको थियो । बैंकले गत आवको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेअुनसार सबै सूचकमा अब्बल देखिएको छ ।

२०७८ साउन १५ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...