back

ग्रामीण विकास लघुवित्तको छैठौं वार्षिक साधारण सभा भदौ ५ गते

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा भदौ ५ गते हुने भएको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जानकारी दिएको छ ।

सभाको प्रस्तावमा अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने रहेको छ ।

त्यस्तै, सभाले संस्थापक समूह अन्तर्गतका नेपाल सरकार र नेपाल राष्ट्र बैंक बाहेकका बैंक तथा वित्तीय संस्थाहरु, कम्पनी, संस्था र शेयर सदस्यहरुबाट प्रतिनिधित्व हुने गरी आपसी समझदारीबाट मनोनित वा निर्वाचित हुने २ जना सञ्चालक चयन गर्ने, सर्वसाधारण समूह अन्तर्गत शेयरधनीहरु मध्येबाट निर्वाचित हुने २ जना सञ्चालक चयन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनीदर्ता पुस्तिका साउन २५ गतेदेखि भदौ ५ गतेसम्म बन्द हुनेछ । साउन २४ गतेसम्मका कायम शेयरधनी साधारण सभामा भाग लिन पाउनेछन् । कम्पनीको साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

२०७८ साउन १३ गते प्रकाशित


आज समता घरेलु लघुवित्तको एफपीओमा आवेदन दिने अन्तिम दिन

आज समता घरेलु लघुवित्तको एफपीओमा आवेदन दिने अन्तिम दिन

वि.सं.२०८१ कात्तिक २० मंगलवार १०:५२

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा आवेदन...

फर्स्ट माइक्रोफाइनान्सले गर्यो लाभांश घोषणा, कति दिन्छ ?

फर्स्ट माइक्रोफाइनान्सले गर्यो लाभांश घोषणा, कति दिन्छ ?

वि.सं.२०८१ कात्तिक १४ बुधवार १२:३३

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा...

नेरुडे मिर्मिरे लघुवित्तको ६७ हजार कित्ता शेयर बिक्रीमा

नेरुडे मिर्मिरे लघुवित्तको ६७ हजार कित्ता शेयर बिक्रीमा

वि.सं.२०८१ कात्तिक १३ मंगलवार १२:५८

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ६७ हजार...

आजदेखि समता घरेलु लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री खुला

आजदेखि समता घरेलु लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री खुला

वि.सं.२०८१ कात्तिक १२ सोमवार १०:५८

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको एफपीओमा आजबाट आवेदन...

सपोर्ट लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस कति ?

सपोर्ट लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस कति ?

वि.सं.२०८१ कात्तिक ५ सोमवार ११:०२

काठमाडौं । सपोर्ट लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण...

आरएसडिसी लघुवित्तले  लाभांश घोषणा गर्यो

आरएसडिसी लघुवित्तले लाभांश घोषणा गर्यो

वि.सं.२०८१ कात्तिक २ शुक्रवार १५:१०

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गर्ने लाभांश घोषणा...