back

समता घरेलु लघुवित्तको नाफामा सुधार, १११.११ प्रतिशतले बढ्यो

काठमाडौँ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफामा उछाल आएको छ ।

लघुवित्तले खुद नाफा १११.११ प्रतिशत बढाएको हो । कम्पनीले गत आर्थिक वर्षको समिक्षा अवधिमा ५ करोड १३ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा अहिले बढेर १० करोड ८३ लाख ६१ हजार रुपैयाँ आर्जन गरेको छ ।

त्यस्तै, गत असार मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ६५.९४ प्रतिशत बढेर २० करोड २९ लाख ३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लुघवित्तले १२ करोड ३४ लाख ७९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४९.४५ प्रतिशत बढेर २८ करोड ५६ लाख २० हजार रुपैयाँ, जगेडा कोष ४३.११ प्रतिशत बढेर १७ करोड ५४ लाख ४५ हजार रुपैयाँ जम्मा रहेको छ ।

यस अवधिमा लघुवित्तको सापटी ६०.६४ प्रतिशत बढेर १ अर्ब ४० करोड ५३ लाख ३९ हजार रुपैयाँ, निक्षेप ५४.५४ प्रतिशत बढेर ९३ करोड ७० लाख रुपैयाँ र कर्जा ५७.९८ प्रतिशत बढेर २ अर्ब ७१ करोड ७ लाख ७२ हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ८ पैसा बढेर ३७ रुपैयाँ ९४ पैसा पुगेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ४३.४२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ४३ पैसा रहेको छ ।

ऋघिल्लो आर्थिक बर्षको चौथो त्रैमासमा ८ करोड १४ लाख ७४ हजार रुपैयाँ सञ्चालन मुनाफा रहेको थियो भने गत आवमा बढेर १७ करोड २० लाख २ हजार रुपैयाँ रहेको छ ।

२०७८ साउन १५ गते प्रकाशित


विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२७

काठमाडौं । ऊर्जा क्षेत्रको नियमनकारी निकाय र इकोनोमिक मिडिया एसोसिएसन...

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

वि.सं.२०८२ वैशाख ३१ बुधवार १६:०९

काठमाडौं । महालेखा परीक्षकले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार...

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:५३

काठमाडौं । सांसद रोशन कार्कीले राष्ट्र बैंकको गर्भनर पद लिलामीका...

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गतको कर्मचारी सुरक्षण...

भूकम्पको शिर्षकमा बजेट छुट्याउन आग्रह

भूकम्पको शिर्षकमा बजेट छुट्याउन आग्रह

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:०९

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद जनार्दन शर्माले...

आर्थिक सुधारलाई उच्च महत्व : अर्थमन्त्री पौडेल

आर्थिक सुधारलाई उच्च महत्व : अर्थमन्त्री पौडेल

वि.सं.२०८२ वैशाख ३० मंगलवार १२:२१

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी दिनमा आर्थिक...