back
himalayan life

समता घरेलु लघुवित्तको नाफामा सुधार, १११.११ प्रतिशतले बढ्यो

काठमाडौँ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफामा उछाल आएको छ ।

लघुवित्तले खुद नाफा १११.११ प्रतिशत बढाएको हो । कम्पनीले गत आर्थिक वर्षको समिक्षा अवधिमा ५ करोड १३ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा अहिले बढेर १० करोड ८३ लाख ६१ हजार रुपैयाँ आर्जन गरेको छ ।

त्यस्तै, गत असार मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ६५.९४ प्रतिशत बढेर २० करोड २९ लाख ३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लुघवित्तले १२ करोड ३४ लाख ७९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४९.४५ प्रतिशत बढेर २८ करोड ५६ लाख २० हजार रुपैयाँ, जगेडा कोष ४३.११ प्रतिशत बढेर १७ करोड ५४ लाख ४५ हजार रुपैयाँ जम्मा रहेको छ ।

यस अवधिमा लघुवित्तको सापटी ६०.६४ प्रतिशत बढेर १ अर्ब ४० करोड ५३ लाख ३९ हजार रुपैयाँ, निक्षेप ५४.५४ प्रतिशत बढेर ९३ करोड ७० लाख रुपैयाँ र कर्जा ५७.९८ प्रतिशत बढेर २ अर्ब ७१ करोड ७ लाख ७२ हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ८ पैसा बढेर ३७ रुपैयाँ ९४ पैसा पुगेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ४३.४२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ४३ पैसा रहेको छ ।

ऋघिल्लो आर्थिक बर्षको चौथो त्रैमासमा ८ करोड १४ लाख ७४ हजार रुपैयाँ सञ्चालन मुनाफा रहेको थियो भने गत आवमा बढेर १७ करोड २० लाख २ हजार रुपैयाँ रहेको छ ।

२०७८ साउन १५ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

वि.सं.२०८३ असार ५ शुक्रवार ११:४०

काठमाडौं । नेपाल बैंकर्स संघले संघले स्वास्थ्य र शिक्षा क्षेत्रमा...

नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी राष्ट्र बैंकले जारी गर्यो रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका

नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी राष्ट्र बैंकले जारी गर्यो रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका

वि.सं.२०८३ असार ५ शुक्रवार ११:२३

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका जारी...