झिनो अंकले बढ्यो नेप्से परिसूचक
वि.सं.२०७८ वैशाख ७ मंगलवार
काठमाडौं – सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक झिनाे अंकले वृद्धि भएकाे छ । दिनभर तीव्र उतारचढाव देखिए पनि कारोबार बन्द हुँदा ०.१० प्रतिशत अर्थात २ दशमलव ६८ अंकले नेप्से परिसूचक बढेको छ ।
उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि स्थिर नै देखिएको छ । प्रतिशतमा हेर्दा सेन्सेटिभमा ०.१० प्रतिशतको गिरावट देखिएको छ ।
प्रकाशित समय : १२:४८ बजे





















