back

सिटिजन्सको १४ वर्षे यात्रा सकियोः ४१ प्रतिशतले बढ्यो नाफा

काठमाडौँ । सिटिजन्स बैंक लिमिटेडले आफ्नो १४ वर्षे यात्रा पुरा गरि आजबाट १५ वर्षे यात्रा सुरु गरेको छ । चुक्ता पूँजी ५६ करोड रुपैयाँ यो बैकले हाल ११ अर्ब ६६ करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउन सफल भएको छ । साथै बैंककले सार्वजनीक गरेको तेस्रो त्रैमासिक विवरण अनुसार बैकले यो त्रैमासमा खुद नाफा ४१.६१ प्रतिशतले बढाएको छ ।
अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ९ करोड नाफा कमाएकोमा चालु आवको तेस्रो त्रैमासमा बैंकको नाफा बढेर १ अर्ब ५४ करोड पुर्याएको हो । बैंकको खुद ब्याज आम्दानी १३.१९ प्रतिशतले बढेर २ अर्ब ५४ करोड पुगेको छ । यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा १ अर्ब ३४ करोड रहेको छ ।
समिक्षा अवधिमा बैंकको निक्षेप ४३.६८ प्रतिशतले बढेर १ खर्ब २७ अर्ब पुगेको छ भने कर्जा प्रवाह ३७.९२ प्रतिशतले बढेर १ खर्ब ८ अर्ब पुगेको छ ।
११ अर्ब ६६ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ५ अर्ब ४६ करोड रहेको छ । बैंकको खराब कर्जा भने ०.९७ प्रतिशतबाट बढेर १.८३ प्रतिशत पुगेको छ । बैंकको प्रति शेयर आम्दानी १७.६७ रुपैयाँ रहेको छ भने प्रति शेयर नेट वर्थ १४६.८७ रुपैयाँ रहेको छ ।
बैंकले हालै मात्र तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी एकिकृत कारोबार सुरु गरेको थियो भने सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रक्रियामा रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

साढे १६ हजार मेगावाटको पीपीए ठप्प: अर्बौँको लगानी जोखिममा, ऊर्जा संकट र वित्तीय दायित्वको दोहोरो सङ्कट

साढे १६ हजार मेगावाटको पीपीए ठप्प: अर्बौँको लगानी जोखिममा, ऊर्जा संकट र वित्तीय दायित्वको दोहोरो सङ्कट

वि.सं.२०८३ साउन १० आइतवार १२:१४

काठमाडौँ। नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्र तथा प्रवर्द्धकहरूको खर्बौँ रुपैयाँ...

देशकै पहिलो आधुनिक यातायात सुरुङमार्ग तयार, जाइका र नेपाल सरकारको १९ अर्बको लगानी

देशकै पहिलो आधुनिक यातायात सुरुङमार्ग तयार, जाइका र नेपाल सरकारको १९ अर्बको लगानी

वि.सं.२०८३ साउन १० आइतवार ११:५८

काठमाडौँ। नेपालको पूर्वाधार विकासको इतिहासमा एउटा स्वर्णिम अध्याय थप्दै देशकै...

एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखिने

एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखिने

वि.सं.२०८३ साउन १० आइतवार ११:४८

काठमाडौं । सरकारले एक रुपैयाँ दरको सिक्काको नयाँ डिजाइन स्वीकृत...

प्रवासी नेपालीलाई अर्थमन्त्रीको आग्रह : ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यतामा सरकार प्रतिबद्ध

प्रवासी नेपालीलाई अर्थमन्त्रीको आग्रह : ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यतामा सरकार प्रतिबद्ध

वि.सं.२०८३ साउन १० आइतवार ११:४५

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई ‘एक...

सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ मुद्दा अभियोजन: १२१ जना प्रतिवादी, रु १ खर्ब १८ अर्ब बढी बिगो दाबी

सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ मुद्दा अभियोजन: १२१ जना प्रतिवादी, रु १ खर्ब १८ अर्ब बढी बिगो दाबी

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:५०

काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२/८३ मा सातवटा...

विदेशी मुद्रा र भारु ओसारपसारमा राष्ट्र बैंकको नयाँ नियम: कुन मुद्रा कति बोक्न पाइन्छ?

विदेशी मुद्रा र भारु ओसारपसारमा राष्ट्र बैंकको नयाँ नियम: कुन मुद्रा कति बोक्न पाइन्छ?

वि.सं.२०८३ साउन ७ बिहीवार २०:१२

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको कारोबार र ओसारपसारसम्बन्धी...