back

सिटिजन्सको १४ वर्षे यात्रा सकियोः ४१ प्रतिशतले बढ्यो नाफा

काठमाडौँ । सिटिजन्स बैंक लिमिटेडले आफ्नो १४ वर्षे यात्रा पुरा गरि आजबाट १५ वर्षे यात्रा सुरु गरेको छ । चुक्ता पूँजी ५६ करोड रुपैयाँ यो बैकले हाल ११ अर्ब ६६ करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउन सफल भएको छ । साथै बैंककले सार्वजनीक गरेको तेस्रो त्रैमासिक विवरण अनुसार बैकले यो त्रैमासमा खुद नाफा ४१.६१ प्रतिशतले बढाएको छ ।
अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ९ करोड नाफा कमाएकोमा चालु आवको तेस्रो त्रैमासमा बैंकको नाफा बढेर १ अर्ब ५४ करोड पुर्याएको हो । बैंकको खुद ब्याज आम्दानी १३.१९ प्रतिशतले बढेर २ अर्ब ५४ करोड पुगेको छ । यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा १ अर्ब ३४ करोड रहेको छ ।
समिक्षा अवधिमा बैंकको निक्षेप ४३.६८ प्रतिशतले बढेर १ खर्ब २७ अर्ब पुगेको छ भने कर्जा प्रवाह ३७.९२ प्रतिशतले बढेर १ खर्ब ८ अर्ब पुगेको छ ।
११ अर्ब ६६ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ५ अर्ब ४६ करोड रहेको छ । बैंकको खराब कर्जा भने ०.९७ प्रतिशतबाट बढेर १.८३ प्रतिशत पुगेको छ । बैंकको प्रति शेयर आम्दानी १७.६७ रुपैयाँ रहेको छ भने प्रति शेयर नेट वर्थ १४६.८७ रुपैयाँ रहेको छ ।
बैंकले हालै मात्र तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी एकिकृत कारोबार सुरु गरेको थियो भने सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रक्रियामा रहेको छ ।


बजेटको अंक भन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह

बजेटको अंक भन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह

वि.सं.२०८१ चैत १४ बिहीवार १६:४५

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ बजेट निर्माण सम्बन्धमा...

ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

वि.सं.२०८१ चैत १४ बिहीवार १०:५४

काठमाडौं। ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम...

यस्तो देखियो ड्रोनबाट ग्वार्को फ्लाइओभरको (तस्बिरहरू)

यस्तो देखियो ड्रोनबाट ग्वार्को फ्लाइओभरको (तस्बिरहरू)

वि.सं.२०८१ चैत १३ बुधवार १२:०५

ललितपुर। ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ...

कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग: प्रतिपक्षीद्वारा संसद् अवरोध

कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग: प्रतिपक्षीद्वारा संसद् अवरोध

वि.सं.२०८१ चैत १३ बुधवार ११:५९

काठमाडौं । विपक्षी दलहरुले प्रतिनिधिसभा बैठकमा कुलमान घिसिङलाई नेपाल विद्युत्...

नबिल बैंकको कामु सीईओमा मनोज ज्ञवाली नियुक्त : ज्ञानेन्द्र ढुंगानाको राजीनामा स्वीकृत

नबिल बैंकको कामु सीईओमा मनोज ज्ञवाली नियुक्त : ज्ञानेन्द्र ढुंगानाको राजीनामा स्वीकृत

वि.सं.२०८१ चैत १३ बुधवार ११:४५

काठमाडौं । नबिल बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)...

भेरी–बबई डाइभर्सन आयोजनाको ८४ प्रतिशत प्रगति

भेरी–बबई डाइभर्सन आयोजनाको ८४ प्रतिशत प्रगति

वि.सं.२०८१ चैत १३ बुधवार ११:३५

सुर्खेत । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको भेरी बबई डाइभर्सन...