back

ट्राभलपछि फेसनमा श्रेषुको नयाँ छलाङ: धुम्बाराहीमा खुल्यो ‘कोसिस लाइफ स्टाइल’

काठमाडौं। ट्राभल्स क्षेत्रमा सफल पहिचान बनाइसकेकी उद्यमी श्रेषु आचार्य ले आफ्नो व्यावसायिक यात्रा फेसन तथा लाइफस्टाइल क्षेत्रमा पनि विस्तार गरेकी छन्। उनले काठमाडौंको धुम्बाराहीमा महिलामुखी फेसन तथा लाइफस्टाइल शोरुम ‘कोसिस लाइफ स्टाइल’ (Kosis Life Style) को औपचारिक शुभारम्भ गरेकी हुन्।

धुम्बाराहीस्थित मर्क्योर होटलको छेउमा तथा सुकेधाराबाट पीपलबोटतर्फ करिब १०० मिटरको दूरीमा रहेको शोरुमको उद्घाटन समारोहमा ग्राहक, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उद्यमी आचार्यले व्यवसायको सुरुआतमा अपेक्षाभन्दा धेरै माया र साथ पाएको बताइन्। उनले भनिन्, “आज मेरो व्यवसाय औपचारिक रूपमा सुरु भयो। सोचेभन्दा धेरै भिडभाड भयो। मेरो एउटा सानो सन्देशमै यति धेरै शुभेच्छुक उपस्थित हुनुभयो। सबैको माया, विश्वास र साथले म निकै उत्साहित र खुसी छु।”

‘Elegance, Luxury, Style & You’ भन्ने अवधारणासहित सञ्चालनमा आएको कोसिस लाइफ स्टाइल मा महिलाहरूका लागि उच्चस्तरीय पहिरनका साथै ब्रान्डेड झोला, सनग्लास, परफ्युम, जुत्ता तथा विभिन्न आकर्षक फेसन एसेसरिज उपलब्ध रहेका छन्।

आचार्यले आफ्नो सफलताको श्रेय व्यक्तिगत प्रयासभन्दा पनि ग्राहक, परिवार, शुभेच्छुक र सहकर्मीहरूको निरन्तर साथलाई दिइन्। उनले भनिन्, “मेरो व्यावसायिक यात्रामा साथ दिनुहुने ग्राहक, शुभचिन्तक, परिवार तथा सधैं हौसला र प्रेरणा दिने मेरी सहकर्मी मुकिताजीप्रति म विशेष आभारी छु। उहाँहरूको सहयोगबिना यो सफलता सम्भव हुने थिएन।”

गुणस्तरीय फेसन सामग्रीलाई सुलभ मूल्यमा उपलब्ध गराउने उद्देश्यका साथ सञ्चालनमा आएको कोसिस लाइफ स्टाइल ले नेपाली फेसन बजारमा महिलाहरूका लागि नयाँ गन्तव्य बन्ने विश्वास लिएको छ। उद्घाटनकै दिन ग्राहकहरूको उल्लेख्य आकर्षण देखिएको थियो, जसले शोरुमप्रतिको उत्साह र विश्वासलाई झन् बलियो बनाएको आयोजकको भनाइ छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ? 

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ? 

वि.सं.२०८३ साउन १० आइतवार ११:४३

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ...

नयाँ जीवन पाउने आशमा हेटौंडा कपडा उद्योग

नयाँ जीवन पाउने आशमा हेटौंडा कपडा उद्योग

वि.सं.२०८३ साउन ६ बुधवार १०:२१

काठमाडौं । एक समय नेपाली औद्योगिक विकास र स्वदेशी उत्पादनको...

कलकत्तामा ३० हजार मेट्रिक टन युरिया बोकेको तेस्रो जहाज आइपुग्यो

कलकत्तामा ३० हजार मेट्रिक टन युरिया बोकेको तेस्रो जहाज आइपुग्यो

वि.सं.२०८३ साउन ६ बुधवार १०:१७

काठमाडौं । भारतको कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया...

पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय 

पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय 

वि.सं.२०८३ साउन ५ मंगलवार १४:१६

काठमाडौँ । नयाँ चार पाङ्ग्रे गाडी खरिद गर्नुपर्ने भएमा अनिवार्य...

कोलकाताबाट पहिलोपटक सिधै विराटनगर आयो कार्गो रेल, पूर्वका उद्योगलाई ढुवानीमा राहत

कोलकाताबाट पहिलोपटक सिधै विराटनगर आयो कार्गो रेल, पूर्वका उद्योगलाई ढुवानीमा राहत

वि.सं.२०८३ साउन ५ मंगलवार १४:०९

विराटनगर । तेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ अब...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...