back

एनएमबि बैंक र समाज कल्याण परिषदबीच बिद्युतीय माध्यमबाट भुक्तानीको लागि सहकार्य

काठमाडौँ ।  कोभिड १९ को विश्वव्यापी महामारीको रोकथाम नियन्त्रण तथा प्रतिकार्यका लागि सामाजिक दूरी र सुरक्षाको मापदण्ड अपनाउदै एनएमबि बैंक र समाज कल्याण परिषदबीच डिजिटल भुक्तानीको लागी द्विपक्षीय समझदारी भएको छ ।

समाज कल्याण परिषदमा आवद्ध भएका नेपालमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु र सबै सदस्यहरुले समाज कल्याण परिषदलाई तिर्नुपर्ने सम्पूर्ण भुक्तानीहरू विद्युतीय प्रणाली (अनलाइन) मार्फत गर्न सकिने व्यवस्था मिलाइएको जानकारी गराइएको छ ।

कार्यक्रममा कार्यालय प्रमुख रामराज भट्टराईले समाज कल्याण परिषद्ले अनलाईन भुक्तानी कार्य शुरु गरेकोमा खुशी व्यक्त गर्दै एनएमबि बैंकलाई धन्यवाद ज्ञापन गरेका छन् ।

साथै एनएमबि बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले पनि नगद सहितबाट नगदरहित समाज निर्माणतर्फ उन्मुख हुन तथा आफ्ना मूल्यवान ग्राहकलाई डिजीटल भुक्तानीमा अभिप्रेरित गर्न होस्टेमा हैँसे गर्ने प्रयास रहेको कुरा प्रकाश पारेका छन् ।

कार्यक्रममा समाज कल्याण परिषद्का उपाध्यक्ष डा.पदमप्रसाद खतिवडा, सदस्यसचिव पुष्कर खाती, प्रशाशन प्रमुख सञ्जयकुमार मल्लिकले पनि अनलाईन भुक्तानी सम्बन्धमा महत्व र फाइदाहरूको बिषयमा मन्तव्य दिएका थिए ।

समाज कल्याण परिषद् अन्तर्गत आवद्ध भएका भृकुटीमण्डप परिषद भित्रका २,००० सदस्यहरु लगायत ५०,००० भन्दा बढी गैरसरकारी संस्था र २०० भन्दा बढी अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले उक्त भुक्तानी प्रणालीबाट लाभान्वित हुने विश्वास लिइएको छ ।

एनएमबि बैंकले हाल देशभर १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।२०७८ साउत ३ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

बैंकलाई राहत: धितोमा सकार गरेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने प्रावधान सर्वोच्चद्वारा खारेज

बैंकलाई राहत: धितोमा सकार गरेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने प्रावधान सर्वोच्चद्वारा खारेज

वि.सं.२०८३ वैशाख २१ सोमवार १९:४२

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले धितोमा लिएको जग्गा सकार...

बीमा कम्पनीले ९ महिनामा तिरे ५१ अर्ब ५९ करोड दाबी, ५२ अर्ब भुक्तानी हुन बाँकी

बीमा कम्पनीले ९ महिनामा तिरे ५१ अर्ब ५९ करोड दाबी, ५२ अर्ब भुक्तानी हुन बाँकी

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:५६

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिना...

वाणिज्य बैंकहरूको तेस्रो त्रैमास: नबिल बैंक सर्वाधिक नाफा कमाउने बैंक, वृद्धिदरमा कुमारीको छलाङ

वाणिज्य बैंकहरूको तेस्रो त्रैमास: नबिल बैंक सर्वाधिक नाफा कमाउने बैंक, वृद्धिदरमा कुमारीको छलाङ

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:०७

काठमाडौं । नेपालका २० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३...

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४१

काठमाडौं । गरिमा विकास बैंंक लिमिटेडलाई दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र...

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:३८

  काठमाडौं । एनआईसी एशिया बैंकले देशभर आफ्ना विभिन्न ४२...

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

वि.सं.२०८२ चैत ३० सोमवार १२:५८

काठमाडौं । लघुवित्त क्षेत्रमा अर्को ठूलो मर्जरको प्रक्रिया सुरु भएको...