back

बीमा कम्पनीले ९ महिनामा तिरे ५१ अर्ब ५९ करोड दाबी, ५२ अर्ब भुक्तानी हुन बाँकी

जीवन बीमाको दाबी भुक्तानीमा ३१ प्रतिशतको गिरावट, निर्जीवनको दायित्व भने बढ्दो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिना (साउन–चैत) मा बीमा कम्पनीहरूले ५१ अर्ब ५९ करोड ३५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सञ्चालनमा रहेका जीवन र निर्जीवन बीमा कम्पनीहरूले सो रकम भुक्तानी गरेका हुन्।

यद्यपि, अघिल्लो वर्षको तुलनामा समग्र दाबी भुक्तानीमा भने १६.७९ प्रतिशतले गिरावट आएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरूले ६२ अर्ब २२ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए।

जीवन र निर्जीवन बीमाको अवस्था

प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरूको दाबी भुक्तानीमा उल्लेख्य कमी देखिएको छ। यस वर्षको चैत मसान्तसम्म जीवन बीमकहरूले १ लाख ४४ हजार ३०६ वटा दाबीबापत ३१ अर्ब १० करोड ७३ लाख रुपैयाँ भुक्तानी गरेका छन्। यो रकम गत वर्षको तुलनामा ३१.४५ प्रतिशतले कम हो। गत वर्ष सोही अवधिमा २ लाख ८२ हजार ८१० वटा दाबीमार्फत ४५ अर्ब ३७ करोड ९४ लाख रुपैयाँ भुक्तानी भएको थियो।

यता, निर्जीवन बीमा कम्पनीहरूको दाबी र भुक्तानी रकम भने दुवै बढेको छ। समीक्षा अवधिमा निर्जीवन बीमकहरूले १ लाख ११ हजार ७०७ वटा दाबीको २० अर्ब ४८ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरेका छन्। अघिल्लो वर्षको तुलनामा यो रकम २३.२४ प्रतिशत र दाबी संख्या ९.८३ प्रतिशतले बढेको तथ्याङ्कले देखाउँछ।

५२ अर्ब बढी दाबी अझै बाँकी

बीमा कम्पनीहरूले अर्बौँ रुपैयाँ भुक्तानी गरे पनि अझै ठूलो रकम तिर्न बाँकी देखिएको छ। प्राधिकरणको तथ्याङ्कअनुसार जीवन र निर्जीवन दुवै गरी कुल ५२ अर्ब ७३ करोड ३२ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी हुन बाँकी छ।

भुक्तानी हुन बाँकी रकममध्ये निर्जीवन बीमा कम्पनीहरूको हिस्सा सबैभन्दा ठूलो छ। निर्जीवन बीमकहरूले १ लाख १३ हजार ९४७ वटा दाबीको ४७ अर्ब १६ करोड १ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ। यस्तै, जीवन बीमा कम्पनीहरूले ६१ हजार ५१६ वटा दाबीबापत ५ अर्ब ५७ करोड ३१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा ५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा ५० लाख दाबी भुक्तानी

वि.सं.२०८३ साउन १५ शुक्रवार १९:०७

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधा...

कुमारी बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:५६

काठमाडौं । कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत...

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

वि.सं.२०८३ साउन १४ बिहीवार ०९:४७

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र...

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८३ साउन १४ बिहीवार ०९:३५

काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको...

घर बनाउने योजना छ ? नबिल बैंकले ल्यायो लचिलो आवास कर्जा योजना

घर बनाउने योजना छ ? नबिल बैंकले ल्यायो लचिलो आवास कर्जा योजना

वि.सं.२०८३ साउन १२ मंगलवार १५:२०

काठमाडौं । घर निर्माण वा घर खरिद गर्ने योजना बनाइरहेका...

सानिमा बैंकको वितरणयोग्य नाफा ३४.६६ प्रतिशतले बढ्यो, खुद नाफा ३ अर्ब ५५ करोड

सानिमा बैंकको वितरणयोग्य नाफा ३४.६६ प्रतिशतले बढ्यो, खुद नाफा ३ अर्ब ५५ करोड

वि.सं.२०८३ साउन ११ सोमवार १४:३८

काठमाडौं । सानिमा बैंक लिमिटेडको वितरणयोग्य नाफा उल्लेख्य रूपमा बढेको...