दराजको महाबचत बजार सुरु, भारी छुटका साथै म्याकबुक प्रो–१३ र आईफोन–१२ जित्ने मौका
वि.सं.२०७८ साउन ३ आइतवार
काठमाडौँ । नेपालको चर्चित इकर्मस प्लेटफर्म तथा अग्रणी अनलाइन बजार ‘दराज’ले आजदेखि ‘दराज महाबचत बजार’ सुरु गरेको छ। कम्पनीका अनुसार यो अभियानको मुख्य उद्देश्य ग्राहकका लागि बचत प्रवर्द्धन गर्नु हो ।
यस अभियान अन्तर्गत ४ हजारसम्मको छुट, बैंक कार्ड वा आईएमई पेमार्फत अनलाइन प्रि–पेमेन्टमा २ हजारसम्मको छुट, १ मा आईफोन १२ जित्ने मौका, बम्पर उपहारमा म्याकबुक प्रो १३ जित्ने मौका, निःशुल्क डेलिभारी, निःशुल्क भाउचर साथै थुप्रै अरु पुरस्कार जित्ने मौका रहेको छ।
यस अभियानका लागि नाबिल बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक र एनएमबी बैंकका कार्डधारकहरुले प्रि–पेमेन्टमा आकर्षक छुटको मज्जा लिन सक्नेछन्। यी बैंकका डेबिट कार्ड धारकहरूले १५प्रतिशत (रु. १ हजार ५०० सम्म) को छुट पाउनेछन् भने क्रेडिट कार्डधारकहरूले कार्ड प्रि–पेमेन्टमा २० प्रतिशत (रु. २ हजारसम्म) छुट पाउन सकिने छ ।
यो अफर सीमित समयका लागिमात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ।
यसैगरी ग्राहकहरु आफ्नो आईएमई पे खातामार्फत प्रि–पेमेन्ट गरेर मूल्य अझै कम गर्न पनि सक्दछन्। आईएमई पेमार्फत भुक्तानी गरे ग्राहकले आफ्नो सबै खरिदहरूमा २० प्रतिशत (रु १,००० सम्म) छुट पाउन सक्नेछन्। यसबाहेक पहिलोपटक भिसा कार्डमार्फत भुक्तानी गर्ने दराज ग्राहकले २० प्रतिशत सम्मको छुट पाउन सक्नेछन्। भिसा डेबिट कार्डमार्फत प्रि–पेमेन्टी गरेमा १५ प्रतिशत (रु. ५००० सम्म छुट र भिसा क्रेडिट कार्डमार्फत पूर्वभुक्तानीमा २०प्रतिशत (रु. ५००) छुट पाउन सक्नेछन्।
दराज महाबचत बजारमा प्रदर्शित ‘खेल १ रुपैयाँ’मा भाग लिने ग्राहकले रु। १ लाख ३३ हजार मूल्यको आईफोन १२ र ५० हजारको श्री बालाजी हीराको झुम्काजस्ता पुरस्कार केवल १ रुपैयाँमा जित्न सक्नेछन्।
यसैगरी अरु अन्य पुरस्कार पनि उपलब्ध छन्। खेलमा भाग लिन ग्राहकहरुले बैंक कार्ड वा आफ्नो आईएमई पे खाता प्रयोग गरी १ रुपैयाँ भुक्तानी गर्न सक्दछन्। यदि जितेनन् भने रकम फिर्ता हुने कम्पनीले जनाएको छ।
दराज महाबचत बजारमा नयाँ सामसुङ एफ २२ स्मार्टफोनको लन्च हुनेछ भने विभिन्न किसिमका उत्पादन कोटीहरूमा मूल्य कटौती पनि प्रदर्शन हुनेछ। शीर्ष राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरू जस्तै– सुजुकी, सामसुङ, पानासनिक, मोटोरोला, सीजी डिजिटल, एर्क, लोट्टो, टाइटन, गोल्डस्टार, मसला बीड्स, वाइल्डस्टोन, र मीमीले आफ्नो अन्य उत्पादनहरूमा विशेष छूट प्रदान गर्दैछन्।
‘७० हजारभन्दा बढी अर्डरका साथ दराज महाबचत बजारले गत वर्ष धेरै राम्रो प्रदर्शन गरेको थियो। यस वर्ष ग्राहकले अनलाइन पूर्वभुक्तान र आईएमई–पेमार्फत अझ बढी बचत गर्न सक्नेछन्। ग्राहकले ६ लाखभन्दा बढी उत्पादनमध्ये छनोट गर्न सक्दछन् भने हाम्रो १० हजारभन्दा बढी बिक्रेता र दराज आफैँ पनि पूर्ण ग्राहक सन्तुष्टिको डेलिभर गर्न तयार छन्। यसैगरी हामी छुट, एफबी लाइभ भिडियो, प्रतियोगिता र प्रस्तावहरूका साथ एक रमाइलो अभियानका लागि आशा गरिरहेका छौँ’, दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङले भने, ग्राहक तथा कर्मचारीको सुरक्षा सुनिश्चित गर्न दराज अझै पनि सबैभन्दा राम्रो स्वच्छता अभ्यासहरु पछ्याउँदैछ। त्यस्तैगरी ग्राहकलाई समान खरिद गर्नुअघि सधैँ उत्पादनको र बिक्रेताको रेटिङ र रिभ्यु जाँच गर्न सल्लाह दिइन्छ।’
२०७८ साउत ३ गते प्रकाशित
प्रकाशित समय : ०८:२४ बजे





















