back

यी तीन लघुवित्तको संस्थापक सेयर आजबाट लिलामीमा बिक्रि खुला

nactional life

काठमाडौँ । आजबाट तीन लघुवित्त कम्पनीहरुको पौने ५ लाख बढी कित्ता संस्थापक सेयर लिलामिमा बिक्रि खुला भएको छ । एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त, मेरो माइक्रोफाइनान्स र महुली लघुवित्तका कुल ४ लाख ८३ हजार ६७३ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो। जसमा आरएमडीसीको ३ लाख ७३ हजार ७६५ कित्ता, मेरोको ५६ हजार ८३८ कित्ता र महुलीको ५३ हजार ७० कित्ता रहेका छन्।

लिलामीमा राखिएका सेयरको प्रतिकित्ता आरएमडीसीको ४७३ रुपैयाँ, मेरोको ५३४ कित्ता र महुलीको ७५२ रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
लिलामी सेयरमा विद्यमान सेयरधनी वा जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्।

लगानीकर्ताले महुलीमा बोलपत्र पेस गर्दा न्यूनतम ५०० कित्ता तथा आरएमडीसी र मेरोमा न्यूनतम १०० तथा अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन पेस गर्न सक्नेछन्।

बोलपत्र काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटल लिमिटेडमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति असार ३१ गते बैंकिङ समयसम्म तोकिएको छ।

२०७८ असार २७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

वि.सं.२०८३ असार २ मंगलवार ०९:३१

काठमाडौँ । ठूलो आकारको बजेट विनियोजन गर्ने, तर विकास (पुँजीगत)...

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:५१

काठमाडौँ । सरकारले निजामती प्रशासनको आकार घटाएर चुस्त बनाउने भन्दै...

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

वि.सं.२०८३ जेठ २४ आइतवार १६:४९

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनको मुख्य मेरुदण्ड मानिएको...

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

वि.सं.२०८३ जेठ २२ शुक्रवार १०:३१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना बित्न...

आर्थिक विशेष: दुई दशक पुरानो कम्पनी ऐन खारेज गरिँदै, डिजिटल युग र स्टार्टअप मैत्री ‘कम्पनी ऐन, २०८३’ ल्याउने तयारी

आर्थिक विशेष: दुई दशक पुरानो कम्पनी ऐन खारेज गरिँदै, डिजिटल युग र स्टार्टअप मैत्री ‘कम्पनी ऐन, २०८३’ ल्याउने तयारी

वि.सं.२०८३ जेठ १५ शुक्रवार १२:३१

काठमाडौँ। नेपाल सरकारले दुई दशकअघि तर्जुमा गरिएको पुरानो कम्पनी ऐन,...