एनआईबीएल एस क्यापिटलले लियो लगानीकर्ताको ५ लाखको दुर्घटना बीमा गरिदिने व्यवस्था

वि.सं.२०७८ असार २७ आइतवार

काठमाडौँ । नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले आफ्ना लगानीकर्ताको ५ लाख सम्मको दुर्घटना बीमा गरिदिने व्यवस्था गरेको छ । क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत आफ्ना लगानीकर्ताहरुको लागि लगानी गर्ने नयाँ योजना स्वरुप यस्तो व्यवस्था गरेको हो ।
क्यापिटलले नेपालमै पहिलो पटक अप्रत्याशित रुपमा हुने दुर्घटनाका कारण पर्न सक्ने आर्थिक भारलाई समेत वहन गर्न सक्ने किसिमको लगानी व्यवस्थापन योजना ल्याएको हो ।
यस योजना अन्तर्गत व्यवस्थित लगानी व्यवस्थापनका साथै लगानीकर्ताहरुलाइ ५ लाख सम्मको दुर्घटना बीमा प्रदान गरिने जनाएको छ । सो योजनामा लगानी व्यवस्थापन सेवाको पहिलो वार्षिक शुल्कमा ५० प्रतिशत छुट पनि दिनुका साथै परिवारको ५ जना सदस्यलाई निःशुल्क डिम्याट खाता तथा मेरो शेयर खोलिने, पहिलो पटक थैली एप डाउनलोड गर्दा १०० को टपअप, निःशुल्क सम्पत्ति व्यवस्थापन परामर्श सेवा र अनुसन्धानमा आधारित प्रतिवेदनमा पहुँच जस्ता थुपै्र सुबिधा दिइने बताएका छन् ।
थप जानकारीको लागि, एनआईबिएल एस क्यापिटल लिमिटेडको वेवसाईट तथा मुख्य कार्यलय (फोन नम्बरः ०१४४२५२८०) मा सम्पर्क गर्न सकिनेछ ।
२०७८ असार २७ गते प्रकाशित

प्रकाशित समय : ०६:५७ बजे