back

सरकारले समयमै पैसा नदिँदा कोरोना बीमा गरेका ७० हजारले पाएनन् बीमा भुक्तानी

nactional life

काठमाडौँ । सरकारले कोरोना बीमाको भुक्तानीका लागि बीमा कम्पनीलाई दिनुपर्ने रकम समयमै नदिँदा बीमीतहरु मर्कामा परेका छन् । आफ्नो दायित्व अन्तर्गतको रकम सरकारले निकासा नगरिदिँदा सर्वसाधारण बीमीत (बीमा गरेका व्यक्ति)को कोरोना बीमाको भुक्तानी रोकिएको हो ।

‘कोरोना बीमा मापदण्ड, २०७७ अनुसार साढे ३ अर्ब माथिको माग दाबी भुक्तानी सरकारको दायित्व अन्तरर्गत पर्दछ । सरकारले उक्त रकम निकासा नगरिदिँदा ७० हजार बढी बीमीतको भुक्तानी बाँकी रहेको बीमा समिति स्रोतले जनाएको छ ।

बीमा समिति स्रोतका अनुसार हालसम्म ११ अर्ब रुपैयाँ बराबरको माग दाबीमा मात्रै ५ अर्ब बराबरको भुक्तानी भएको छ ।

कुल दाबीको झन्डै ६० प्रतिशत अर्थात् ७ अर्ब रुपैयाँ बराबरको रकम अर्थ मन्त्रालयले निकासा नगरिदिँदा बीमितहरुले भुक्तानी पाउन नसकेको समितिका अध्यक्ष सूर्य प्रसाद शिलवालले बताए । उनले भने ‘सरकारले निकास गर्नुपर्ने रकम निकासा भइसनक्दा माग गरेका करिब ७० हजार बीमीतको भुक्तानी बाँकी रहेको छ ।’

अध्यक्ष शिलवालले उक्त रकम अर्थ मन्त्रालयले छिट्टै निकासा गर्ने विस्वास व्यक्त गर्दै साउनको पहिलो र दोस्रो हप्तासम्म सम्बन्धित सबै बीमितहरुलाई भुक्तानी गराउनेमा बीमा समिति तयारी अवस्थामा रहेको बताए ।

उनले भने ‘शनिबार(हिजो) मात्रै मैले अर्थमन्त्रालयका सचिव ज्यूसँग कुरा गरेको थिए, उहाँले अर्थमन्त्रलय बाँकी रकम दुई दिनभित्रमा भुक्तानी गर्ने तयारीमा रहेको बताउनु भएको छ । यसर्थमा मलाई लाग्छ अबको एक दुई दिनभित्रै अर्थ मन्त्रालयबाट पैसा आउनेछ र सम्बन्धित बीमितहरुले भुक्तानी पाउनेछन् ।’

शिलवालले थपे ‘यो तथ्याङ्क र हामीले सरकारलाई गरेको माग हालसम्म हो, तर कोरोना भाइरसको सङ्क्रमण दर नरोकिएकाले बीमा योजना अनुसार असार मसान्तसम्म कति बीमितहरुबाट भुक्तानी माग दाबी पर्ने र कति तिर्नुपर्ने अझै यकिन भने भईसकेको छैन ।’ यस्तो माग दाबी असार मसान्तसम्म करिब १२ अर्ब रुपैयाँ बराबर पुग्न सक्ने समितिको अनुमान रहेको उनले बताए ।

सरकारका अनुसार उक्त ‘कोरोना बीमा मापदण्ड, २०७७’ यहि असार मसान्तसम्मका लागि मान्य हुनेछ:

यता सम्बन्धित बीमा कम्पनी, पुनर्बीमा कम्पनी तथा बीमकको दाबी भुक्तानी गर्नका लागि खडा गरेको सामूहिक बीमा कोष (बीमकको महाविपत्ति पुल) ले समेत हालसम्मको यकिन डाटा पठाइनसकेकाले तत्कालै भुक्तानीको परिमाण भन्न नसकिने शिलवालले बताए ।

तर, बीमकको महाविपत्ति पुल, सामूहिक बीमा कोषले हालसम्म सरकारले ७ अर्ब ५८ करोड बराबरको कोरोना बीमा माग दाबी भुक्तानी दिनु दाबी गरेको छ ।

बीमकको महाविपत्ति पुलको रूपमा रहेको सगरमाथा इन्स्योरेन्सका कार्यकारी प्रमुख (सिईओ) चङ्खी क्षेत्रीका अनुसार पुलको तर्फबाट हालसम्म करिब साढे ३ अर्ब रुपैयाँ बराबरको माग दाबी भुक्तानी भइसकेको बताए । उनले भने अब बाँकी भुक्तानी सरकारले रकम निकासा नगरेकाले रहेको हो, अहिलेसम्मको तत्याङ्क अनुसार बाँकी ७ अर्ब ५८ करोड रुपैयाँ सरकारले दिनु पर्ने हुन्छ ।’

‘उनले थपे ‘सो को जानकारी हामीले अर्थ मन्त्रालयलाई लेखिपठाएका छौँ, करिब ११ अर्ब रुपैयाँ बराबरको माग दाबीमा हाम्रो तर्फबाट करिब साढे ३ अर्ब भुक्तानी भइसकेको छ र बाँकी ७ अर्ब ५८ करोडका लागि अर्थ मन्त्रालयसँग माग गरेका हौँ।’
यसरी सरकारले व्यवस्था बमोजिम आवश्यक रकम निकासा नगरिदिँदा बीमा कम्पनीहरूले सर्वसाधारण बीमितहरुको भुक्तानी दिएका छैनन् । जसले गर्दा बीमीतहरु मर्कामा परेका छन् ।

२०७८ असार २७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

वि.सं.२०८३ असार २ मंगलवार ०८:३७

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा आगामी आर्थिक वर्ष २०८३/०८४...

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

वि.सं.२०८३ असार २ मंगलवार ०८:३५

काठमाडौं । आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै छ ।...

कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

वि.सं.२०८३ असार २ मंगलवार ०८:३३

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का...

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

वि.सं.२०८३ असार १ सोमवार १७:४४

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि...