back

फ्रान्सेली लगानीकर्तालाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष गोल्छाको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले फ्रान्सेली लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । नेपाल–फ्रान्स व्यवसायिक मञ्चको भर्चुअल बैठकलाई  संबोधन गर्दै अध्यक्ष गोल्छाले नेपाल लगानी भित्र्याउन तयार रहेको बताएका हुन्।

गोल्छाले आर्थिक विकास र समृद्धिको मार्गमा मुलुक अगाडि बढीसकेको भन्दै गोल्छाले पूर्वाधार विकास, पर्यटन, अर्थतन्त्रको डिजिटलाईजेशन र कृषि प्रशोधन उद्योगमा लगानीको ठूलो सम्भावना रहेको बताउँदै यी क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई आग्रह गरे ।

अध्यक्ष गोल्छाले महासंघले अगाडि बढाएको राष्ट्रिय आर्थिक रूपान्तरण रणनीति २०३० का विषयमा पनि विदेशी लगानीकर्तालाई जानकारी गराएका छन् । उक्त रणनीतिमा अर्थतन्त्रको आकार १ सय अर्ब अमेरिकी डलर पुर्याउने, थप २३ लाख रोजगारी सिर्जना गर्ने, अर्थतन्त्रसंग व्यापार घाटाको अनुपात आधा घटाउने लक्ष्य राखिएको छ ।

हालसम्म फ्रान्सबाट एक सय ७ परियोजनामा करिब १ अर्ब रुपैयाको लगानी प्रतिवद्धता आएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार गत बर्ष फ्रान्ससंगको व्यापार घाटा करिब साढे ८ अर्ब रुपैया थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ र फ्रान्सको मेडेफ इन्टरनेशनलले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रमलाई काठमाडौंस्थित फान्सेली दुतावास र पेरिसस्थित नेपाली दुतावासको सहयोग रहेको थियो । बैठकमा दुवै देशबाट ५० जना उद्यमी व्यवसायीहरूको सहभागिता रहेको महासंघका उपमहासचिव गोकर्ण अवस्थीले जनाकारी दिए ।

बैठकमा दुवै देशबाट विमानस्थल इन्जिनियरिङ, निर्माण, डिजिटल सुरक्षा, बैकिङ, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, ऊर्जा, खाद्य प्रशोधन, अटोमोवाइल्स, रेमिटेन्स लगायतका क्षेत्रबाट प्रतिनिधित्व रहेको थियो ।

२०७८ असार २५ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

वि.सं.२०८३ असार २८ आइतवार १८:०८

काठमाडौं । नेपाली पात्रो अनुसार हामी असार मसान्तको संघारमा छौँ।...

आर्थिक वर्षको अन्तिम दिनमै ३३ अर्ब १६ करोड खर्च; ३ जना अर्थमन्त्री फेरिँदा पनि बजेट खर्च ७९ प्रतिशतमा सीमित

आर्थिक वर्षको अन्तिम दिनमै ३३ अर्ब १६ करोड खर्च; ३ जना अर्थमन्त्री फेरिँदा पनि बजेट खर्च ७९ प्रतिशतमा सीमित

वि.सं.२०८३ असार २६ शुक्रवार १४:३०

काठमाडौं । नेपालको सार्वजनिक वित्त व्यवस्थापनमा वर्षौँदेखि रोगका रूपमा रहेको...

मौद्रिक नीतिको बुँदा नम्बर २० ले हल्लाएको शेयर बजार: नीतिगत अस्थिरताको मारमा लगानीकर्ता

मौद्रिक नीतिको बुँदा नम्बर २० ले हल्लाएको शेयर बजार: नीतिगत अस्थिरताको मारमा लगानीकर्ता

वि.सं.२०८३ असार २५ बिहीवार १३:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ का...