back

प्रिमियर इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले लिलामीमा राखेको सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले गत असार १६ गते लिलामीमा खुला भएको साढे ५ लाख कित्ता संस्थापक सेयरमा बोलपत्र पेस गर्ने आज असार २५ गते अन्तिम दिन हो ।

कम्पनीले गत असार १६ गतेबाट ५ लाख ४८ हजार २५ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीका लागि राखेको हो। यो लिलामी सेयरमा विद्यमान संस्थापकका साथै जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम ५०० कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतम सेयर संख्याका लागि भने कुनै हद लाग्ने छैन।

धितोपत्र बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र एनआईसी एसिया क्यापिटलको काठमाण्डौको बबरमहलस्थित कार्यालयमा पेस गर्नुपर्नेछ।

२०७८ असार २५ गते प्रकाशित


हाथवे इन्भेष्टमेन्ट नेपालको नाफा घट्यो

हाथवे इन्भेष्टमेन्ट नेपालको नाफा घट्यो

वि.सं.२०८२ वैशाख १६ मंगलवार १०:४२

काठमाडौं । हाथवे इन्भेष्टेमन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा...

आईपीओ जारी गर्दै पैचो पसल

आईपीओ जारी गर्दै पैचो पसल

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:४१

काठमाडौं । एनआईसी एशिया क्यापिटल र पैचो पसलबीच भविष्यमा पैचो...

नेप्सेमा ग्रीन भेन्चर्सको बाेनश शेयर सूचीकृत

नेप्सेमा ग्रीन भेन्चर्सको बाेनश शेयर सूचीकृत

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:२९

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार ग्रीन भेन्चर्सको...

एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:२३

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै...

 साताको दोस्रो दिन नेप्सेसँगै घट्यो कारोबार रकम

 साताको दोस्रो दिन नेप्सेसँगै घट्यो कारोबार रकम

वि.सं.२०८२ वैशाख १५ सोमवार १५:३२

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

कामना सेवा विकास बैंकको संस्थापक समूहको शेयर बिक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक समूहको शेयर बिक्रीमा

वि.सं.२०८२ वैशाख १५ सोमवार १३:४७

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक समूहको शेयर शिलबन्दी...