back

सिभिल लघुवित्त वित्तीयको नयाँ शाखा रुपन्देहीको देवदहमा

काठमाडौँ । सिभिल बैंक लिमिटेडको सहायक कम्पनी सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले रुपन्देही जिल्लाको देवदहमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । लघुवित्तका देवदहमा खोलिएको नयाँ शाखा सहित २९ जिल्लामा ६३ वटा शाखा कार्यालयहरु पुगेका छन् ।

‘समृद्धिको सहयात्री’ नारा लिई संस्थाले विपन्न वर्गका समुदायहरुको समृद्धिमा टेवा पुर्याउने उद्देश्यका साथ आफ्नो सेवाहरु ५० हजार घर परिवारमा पुर्याएको छ।

वित्तीय संस्थाले लघु उद्यम व्यवसाय सञ्चालन गराउन न्यून आय तथा विपन्नवर्गका व्यक्तिहरुलाई संस्थाको सदस्यता दिई विना धितो सामूहिक जमानीमा वा स्वीकारयोग्य धितोमा साथै समूहमा आबद्ध हुन नसकेका व्यक्तिहरुलाई समेत स्वीकारयोग्य धितो लिई सरल तरिकाबाट वित्तीय पहुँच पुर्याउँदै आइरहेको छ। यसका साथै संस्थाले लघु बचत, लघुबीमा, विप्रेषण सेवाहरु उपलब्ध गराउँदै स्वास्थ्य, शिक्षा तथा वित्तीय साक्षरताजस्ता गैरवित्तीय सेवाहरुसमेत उपलब्ध गराउँदै आइरहेको छ।

यसैगरी संस्थाले सदस्यहरुलाई आफ्नो बचत जम्मा गर्न तथा किस्ता भुक्तानी सहजताका लागि इसेवामार्फत समेत रकम पठाउन सकिने गरी सुविधा प्रदान गरेको छ।

२०७८ असार २४ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

वि.सं.२०८३ जेठ १० आइतवार २३:३५

काठमाडौं । देशको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा परिरहेका बेला...

सुर्ती, मदिरा र चिनीयुक्त पदार्थमा कर बढाउन माग: ‘परम्परागत शैलीले जनस्वास्थ्य सुध्रिदैन’

सुर्ती, मदिरा र चिनीयुक्त पदार्थमा कर बढाउन माग: ‘परम्परागत शैलीले जनस्वास्थ्य सुध्रिदैन’

वि.सं.२०८३ जेठ १० आइतवार २३:११

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा सुर्तीजन्य, मदिरा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

वि.सं.२०८३ जेठ १० आइतवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक वस्तुको...

सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ हजारदेखि एक लाख २१ हजार बनाउन सिफारिस

सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ हजारदेखि एक लाख २१ हजार बनाउन सिफारिस

वि.सं.२०८३ जेठ १० आइतवार ०७:२०

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य वाचन गर्दै...

पूर्वअर्थमन्त्रीसँग आगामी बजेटका लागि वाग्लेले गरे छलफल

पूर्वअर्थमन्त्रीसँग आगामी बजेटका लागि वाग्लेले गरे छलफल

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:४६

काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्षको बजेट निर्माणका...