एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत
वि.सं.२०८३ जेठ २५ सोमवार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एपोलो हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ। यस दिन नेप्सेमा कम्पनीको ४७ लाख कित्ता सूचीकृत भएको हो।
कम्पनीले सर्वसाधारणमा वितरण गरेको १४ लाख १० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ३२ लाख ९० हजार कित्ता शेयर गरी कुल ४७ लाख कित्ता नेप्सेमा सूचीकृत भएको हो।
अब कम्पनीको शेयर भोली मंगलबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ।
प्रकाशित समय : १४:३२ बजे






















