back

राष्ट्रिय खाद्य बैंकको प्रमोर्टर शेयरमा अत्याधिक चाँप, शेयर बिक्रि रोकिदै

काठमाडौँ । राष्ट्रिय खाद्य बैकले प्रमोर्टर शेयरमा माग भन्दा बढी प्रतिवद्धता आएपछि शेयर बिक्रि सेवा रोक्ने निर्णय गरेको छ । २ अर्ब लगानी गर्नेगरी स्थापना भएको बैंकले लगभग आवश्यक पूजीँको निश्चितता भएकोले असार मसान्तबाट बन्द गरिने निणर्य गरेको हो ।

बैंकका अध्यक्ष शंकर उप्रेतिका अनुसार जेठका बाँकी दिन र असार महिनाभरी मात्रै बैकको प्रमोर्टर शेयर सदस्य बन्न सकिने छ । अध्यक्ष उप्रेतिले भने–‘असार मसान्तसम्म इच्छुक हुनेहरु बैकसमक्ष आउन अनुरोध छ । सो पश्चात शेयर खरिद गर्न नपाउनु हुनेहरुले दूई बर्षपछी आइपिओ भर्न पाउने छन् । हामी त्यहि ढंगले काम गर्दैछौ’ ।

‘पोषिलो आहारका लागि दिगो कृषि’ भन्ने नाराका साथ स्थापित बैंकले पोखरा, बाँके–बर्दिया र झापा–मोरङमा बृहत कृषि परियोजना सञ्चालन गरिसकेको छ । स्थानिय कृषकहरुको सहभागितामा ती प्रोजेक्टहरु अघि बढाइएको अध्यक्ष उप्रेतिले बताए । पहिलो चरणमा ती स्थानहरुमा स्थानिय जातका उन्नत धान रोप्ने काम भइरहेको उप्रेतीले जानकारी दिए ।

झापा–मोरङमा करिव ५०० विघा र बाँके–बर्दिया–कास्की जिल्लामा झण्डै ४०० विघा जग्गा गरी झण्डै ९ सय विघा जग्गामा खाद्य बैंकले स्थानीयहरु सहितको सहभागितामा धान रोप्ने काम अघि बढाएको र अन्य जिल्लाहरुमा पनि जग्गा लिजमा लिने कामहरु भइरहेको अध्यक्ष उप्रेतीले जनाए । कोभिड १९ को कारण बैंकको गतिविधिमा ब्यापक संकुचन आएको बताउँदै अध्यक्ष उप्रेतिले भने–‘कोरोनाको दोश्रो लहर नआएको भए हामीले करिव २३ जिल्लामा खेतीपाती गर्ने तयारी थियो । कोरोनाले लक्ष्यमा बे्रक गर्यो’ ।

अध्यक्ष उप्रेतिका अनुसार यी परियोजनाहरु पाइलट प्रोजेक्टको रुपमा अघि बढाइनेछ । उनी भन्छन् ‘हामी आफैले उत्पादनको काम अघि मात्रै बढाउँदैनौ, किसानलाई पनि आधुनिक एवं व्यवस्थीत खेती प्रणालीमा समाहीत गर्दै लैजान्छौ । साथै हाम्रै उत्पादन प्रणाली, मल–बिउ प्रयोग गरेर गुणस्तरीय उत्पादन गर्ने कृषिकहरुका सबै उत्पादनहरु यसै बर्षबाट हामी खरिद पनि गछौ । ब्राडिङ गरेर यसै बर्षबाट त्यस्ता खाद्य वस्तु बजारमा ल्याँउछौ’ । राष्टिय खाद्य बैङ्कमा हालसम्म ५ सय ९० प्रमोटर शेयर सदस्य छन् । आवश्यक मापदण्ड पूरा गरी बैक छिट्टै सर्वसाधारणका लागि आइपिओमा जाने तयारीमा छ । कृषि उपजको उत्पादन तथा व्यापार गर्ने कम्पनीका रूपमा खाद्य बैङ्क स्थापना भएकोले बैंकमार्फत धान, गहुँ, मकै, तरकारी तथा फलफूलको उत्पादन तथा व्यापार गर्दै किसानसँग सहकार्य गर्दै उत्पादन बढाउने अध्यक्ष उप्रेतीले बताए ।

२०७८ जेठ २५ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

बजेट लेखनमा बालुवाटारको ‘सरप्राइज’ सक्रियता: अर्थ मन्त्रालय अलमलमा, पोर्टलमा सुझावको ओइरो

बजेट लेखनमा बालुवाटारको ‘सरप्राइज’ सक्रियता: अर्थ मन्त्रालय अलमलमा, पोर्टलमा सुझावको ओइरो

वि.सं.२०८३ वैशाख २७ आइतवार २१:३३

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको अन्तिम...

आगामी बजेटका लागि परिसंघको सुझाव: व्यक्तिगत आयकरको सीमा १० लाख पुर्‍याउन र लगानीमैत्री नीतिको माग

आगामी बजेटका लागि परिसंघको सुझाव: व्यक्तिगत आयकरको सीमा १० लाख पुर्‍याउन र लगानीमैत्री नीतिको माग

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:४९

काठमाडौँ । नेपाल उद्योग परिसंघ (CNI) ले आगामी आर्थिक वर्ष...

मेची राजमार्गको माइखोला–राजदुवाली खण्डमा सास्ती उस्तै, दुई युवा सांसदमाथि उठ्यो प्रश्न

मेची राजमार्गको माइखोला–राजदुवाली खण्डमा सास्ती उस्तै, दुई युवा सांसदमाथि उठ्यो प्रश्न

वि.सं.२०८३ वैशाख २७ आइतवार १२:०३

इलाम । पूर्वी पहाडको महत्वपूर्ण जीवनरेखा मानिने मेची राजमार्ग अन्तर्गत...

वैदेशिक रोजगारी र आपूर्ति शृङ्खलामा ‘रेड सिग्नल’: कार्यदलले बुझायो १४२ पृष्ठको प्रतिवेदन

वैदेशिक रोजगारी र आपूर्ति शृङ्खलामा ‘रेड सिग्नल’: कार्यदलले बुझायो १४२ पृष्ठको प्रतिवेदन

वि.सं.२०८३ वैशाख २५ शुक्रवार १७:४३

काठमाडौं । पश्चिम एसिया (मिडल इस्ट) क्षेत्रमा बढ्दो तनाव र...

संसदीय सुनुवाइ समितिको नयाँ कार्यविधि पारित, १० दिन उजुरी दिन सकिने

संसदीय सुनुवाइ समितिको नयाँ कार्यविधि पारित, १० दिन उजुरी दिन सकिने

वि.सं.२०८३ वैशाख २४ बिहीवार १९:५९

काठमाडौं । सङ्घीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले नयाँ कार्यविधि पारित...

पोखरा विमानस्थल प्रकरण: पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्कीसहित १४ जनाविरुद्ध ३ अर्ब ६२ करोडको भ्रष्टाचार मुद्दा

पोखरा विमानस्थल प्रकरण: पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्कीसहित १४ जनाविरुद्ध ३ अर्ब ६२ करोडको भ्रष्टाचार मुद्दा

वि.सं.२०८३ वैशाख २४ बिहीवार १९:५०

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल...