back

बदाममा कीरा भेटिएपछि काठमाडौंको बागमती स्विट्सको उत्पादन र बिक्रीमा रोक

nactional life

काठमाडौं । काठमाडौं महानगरपालिका–११ मा सञ्चालित बागमती स्विट्स प्रा।ली।को उत्पादन र बिक्री वितरणमा रोक लगाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालय, काठमाडौंको संयुक्त अनुगमन टोलीले उद्योगमा गम्भीर लापरबाही भेटेपछि यस्तो कदम चालेको हो ।

आकस्मिक अनुगमनका क्रममा उक्त मिठाई उद्योगको सरसफाइ र गुणस्तरमा गम्भीर समस्याहरू फेला परेका छन् । विभागका अनुसार अनुगमनका क्रममा ड्राइफ्रुट्स प्याकिङका लागि तयारी अवस्थामा राखिएको बदाममा कीरा परेको भेटिएको छ ।

टोलीले कीरा लागेको करिब ५ किलो बदाम तत्काल जफत गरी नष्ट गरेको छ । खाद्य पदार्थ उत्पादन गर्ने कारखानाको सरसफाइ अत्यन्तै न्यून र असन्तोषजनक पाइएको छ । त्यसैगरी, उद्योगमा कीट नियन्त्रणको व्यवस्थापन प्रभावकारी नभएको पाइएको छ ।

विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम बागमती स्विट्सको कारखानाबाट हुने उत्पादन र बिक्री वितरणलाई अर्को आदेश नभएसम्मका लागि पूर्ण रूपमा रोक्का गर्ने आदेश दिएको छ । थ

प अनुसन्धानका लागि टोलीले कीरा परेको बदाम र ड्राइफ्रुट्स मिक्सको नमुना संकलन गरी प्रयोगशाला पठाएको छ । विभागकी प्रवक्ता डा. बाल कुमारी शर्माका अनुसार उद्योगलाई उल्लेखित कैफियतहरू सुधार गरी सोको प्रमाणसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

विभागले सार्वजनिक गरेका तस्बिरहरूमा उद्योगको भान्सा र भण्डारण कक्ष अत्यन्तै फोहर देखिएको छ भने कामदारहरूले न्यूनतम स्वास्थ्य मापदण्ड समेत पालना नगरेको देखिन्छ । उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने यस्ता उद्योगहरूमाथि निगरानी बढाइने विभागले जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘घरबार’ टेलिसिरिएल भाद्र ५ गते रिलिज हुदैं

‘घरबार’ टेलिसिरिएल भाद्र ५ गते रिलिज हुदैं

वि.सं.२०८२ साउन १९ सोमवार २२:१७

काठमाडौं । पुराना पुस्ताले बिर्संदै गएका र नयाँ पुस्ताले अझै...

स्वास्थ्यको गुणस्तरमा कहि कतै सम्झौता हुदैँन्’

स्वास्थ्यको गुणस्तरमा कहि कतै सम्झौता हुदैँन्’

वि.सं.२०८१ फागुन १३ मंगलवार १७:१८

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्यको गुणस्तरमा कहि...

आज ‘भ्यालेन्टाइन डे’ : रानीमहल पुग्दै प्रेमिल जोडी

आज ‘भ्यालेन्टाइन डे’ : रानीमहल पुग्दै प्रेमिल जोडी

वि.सं.२०८१ फागुन २ शुक्रवार १२:२५

पाल्पा । आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस नेपालसहित विश्वभर...

मन छुने सिनेमा बनाएको छु किनकी मेरो करियरको खुड्किलो ‘रंगी’ हो : सलोन बस्नेत

मन छुने सिनेमा बनाएको छु किनकी मेरो करियरको खुड्किलो ‘रंगी’ हो : सलोन बस्नेत

वि.सं.२०८१ फागुन १ बिहीवार १७:०६

‘रंगी’ लिएर दर्शकमाझ आउनु भनेको मेरो करियरको खुड्किलो पनि हो...

जस्टिन बीबरलाई आखिर कस्तो रोग लागेको हो ? कारण के, के हुन् लक्षण ?

जस्टिन बीबरलाई आखिर कस्तो रोग लागेको हो ? कारण के, के हुन् लक्षण ?

वि.सं.२०७९ जेठ २९ आइतवार १०:३६

पप गायक जस्टिन बीबरले आफ्नो अनुहारमा पक्षाघात भएका कारण यस...

आफैसँग विवाह गर्दैछिन् यी भारतीय युवती, अभिभावले दिए आर्शीवाद

आफैसँग विवाह गर्दैछिन् यी भारतीय युवती, अभिभावले दिए आर्शीवाद

वि.सं.२०७९ जेठ २१ शनिवार १२:१९

नयाँ दिल्ली। सोलोगामी अर्थात यस्तो वैवाहिक समारोह जहाँ मानिसहरूले आफैंसँग...