back

स्वास्थ्यको गुणस्तरमा कहि कतै सम्झौता हुदैँन्’

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्यको गुणस्तरमा कहि कतै सम्झौता नगर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित नेपाल मेडिकल कलेजको २५ औं वार्षिकोत्सव समारोहमा उनले उपचार पद्धतीमा गुणस्तरको कुरा आउन नहुने भन्दै गुणस्तरियतामा कहि कतै सम्झौता नहुने गरि यसको क्षमता जति छ त्यती जनशक्ति उत्पादन गर्ने स्विकृती दिनुपर्ने बताए ।

उनले भने, ‘खासगरि स्वास्थ्यमा गुणस्तरियता भन्ने शब्द प्रयोग गर्नै नपर्ने हो । स्वास्थ्य गुणस्तरहिन हुनै सक्दैँन् । हामी गुणस्तरिय औषधी भन्छौ, गुणस्तरहिन औषधी कस्तो हुन्छ पिठोको डल्लो, त्यसकारण यो हाम्रो भाष्य जुन छ यो धेरै दर्दनाक छ । स्वास्थ्य कहिले पनि गुणस्तरहिन हुन सक्दैँन् ।

उपचार पद्धतीमा नै गुणस्तरको कुरा गर्नुपर्ने अवस्था भएपछि यहाँ समस्या छ भन्ने कुरा बुझ्नु पर्छ । त्यसकारण गुणस्तरियतामा कहि कतै सम्झौता नहुने गरि यसको क्षमता जति छ त्यती जनशक्ति उत्पादन गर्ने स्विकृती दिनुपर्छ ।’

यसको साथै, उनले स्वास्थ्य क्षेत्रमा धेरै विकास भएपनि नागरिकको अनुभूतिमा विकास भएको महशुस हुन नसकेको बताए ।

उनले भने, ‘हामी थुप्रै राजनीतिक दलले समाजवादको कुरा गर्छौ । आम नागरिकले उपचारमा सर्वसुलभता, सन्तुष्ट हुन पाउने गरि उपचार सेवा, सस्तो र नसक्नेले निशूल्क सेवा लिन सक्ने अवस्था बनेको छ त यस्ता ठूला संरचनाहरु बनेको छ, स्वास्थ्य क्षेत्रमा धेरै विकास भएको छ । तर नागरिकको अनुभूतिमा विकास भएको महशुस हुन सकेको छैन् । यसको लागि मैले भन्दै आएको कुरा बिमालाई व्यवस्थित गरौं ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अविरल वर्षा र पहिरोले देशका प्रमुख राजमार्गहरू अवरुद्ध 

अविरल वर्षा र पहिरोले देशका प्रमुख राजमार्गहरू अवरुद्ध 

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:४५

काठमाडौं । देशका विभिन्न स्थानमा भइरहेको अविरल वर्षा र पहिरोका...

इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल 

इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल 

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:४३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग, बलिदान, साहस...

सडक होइन, नीति नै भद्रगोल छ, पूर्वाधार बिना नियम लागू नगर्नुहोस : सरोज सिटौला

सडक होइन, नीति नै भद्रगोल छ, पूर्वाधार बिना नियम लागू नगर्नुहोस : सरोज सिटौला

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:४१

काठमाडौं । नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले नेपालको...

राधेराधेको खण्डहर १७ तले महल : ‘गोविन्दाको भवन’ले चिनियो तर वास्तविकता रहस्यमै 

राधेराधेको खण्डहर १७ तले महल : ‘गोविन्दाको भवन’ले चिनियो तर वास्तविकता रहस्यमै 

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:३९

भक्तपुर । बिहानको व्यस्त समय। राधेराधे चोकमा सवारीसाधनको लामो लाइन...

खाद्य अधिकार र सम्प्रभुता: नीति कागजमा, नागरिक भोकमरीको चिन्तामा

खाद्य अधिकार र सम्प्रभुता: नीति कागजमा, नागरिक भोकमरीको चिन्तामा

वि.सं.२०८३ साउन ६ बुधवार २०:४९

काठमाडौं । नागरिकको खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको प्रभावकारी कार्यान्वयन,...

यस्तो छन् ,मन्त्रिपरिषद् बैठकका ७ मुख्य निर्णयहरु

यस्तो छन् ,मन्त्रिपरिषद् बैठकका ७ मुख्य निर्णयहरु

वि.सं.२०८३ साउन ६ बुधवार १८:२५

काठमाडौं । सरकारले गणेश नेपाली घटनाः आत्मदाह घटनाको सत्यतथ्य छानबिन...