back

आज ‘भ्यालेन्टाइन डे’ : रानीमहल पुग्दै प्रेमिल जोडी

nactional life

पाल्पा । आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस नेपालसहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी १४ मा यो दिवस मनाउने गरिन्छ ।

विशेषगरी आजको दिन पाल्पाको ऐतिहासिक तथा पर्यटकीयस्थल रानीमहलमा प्रेमिल जोडीहरुको भीडभाड लाग्ने गर्दछ । कालीगण्डकी नदी किनारमा रहेको रानीमहललाई प्रेमको प्रतीकका रूपमा अर्थ्याइने गरेका कारण पनि त्यहाँ प्रेमिल जोडीहरु पुग्ने गरेको पाइन्छ ।

तत्कालीन जनरल खड्गशमशेरले आफ्नी रानी ‘तेजकुमारी’ को सम्झनामा यहाँ महल बनाएका थिए। यहाँ हरेक वर्ष प्रेम दिवसका दिन युगल जोडी पुगेर एकापसमा प्रेम साटासाट गर्दछन् ।

स्थानीय बासिन्दाका अनुसार प्रेम दिवसका अवसरमा यहाँ हजारौँको सङ्ख्यामा युवायुवती आउँछन्। पहिला–पहिला मानिस रानीमहल घुमफिरका लागि आउने गरे पनि अहिले युवापुस्ताको बाक्लो उपस्थिति रहने गरेको स्थानीय दीपक पाण्डेले बताउनुभयो । यहाँ पाल्पा, रूपन्देही, स्याङ्जा, नवलपरासी, कपिलवस्तु, गुल्मी क्षेत्रबाट मानिसहरु आउने गरेको पाण्डेको भनाइ छ ।कालीगण्डकीको किनारमा बनाइएको रानीमहल जिल्ला सदरमुकाम तानसेनदेखि १३ किलोमिटर उत्तरमा छ । विसं १९५० मा शिलान्यास गरी १९५४ सालमा निर्माण गरिएको हो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बदाममा कीरा भेटिएपछि काठमाडौंको बागमती स्विट्सको उत्पादन र बिक्रीमा रोक

बदाममा कीरा भेटिएपछि काठमाडौंको बागमती स्विट्सको उत्पादन र बिक्रीमा रोक

वि.सं.२०८३ वैशाख २ बुधवार १२:१९

काठमाडौं । काठमाडौं महानगरपालिका–११ मा सञ्चालित बागमती स्विट्स प्रा।ली।को उत्पादन...

‘घरबार’ टेलिसिरिएल भाद्र ५ गते रिलिज हुदैं

‘घरबार’ टेलिसिरिएल भाद्र ५ गते रिलिज हुदैं

वि.सं.२०८२ साउन १९ सोमवार २२:१७

काठमाडौं । पुराना पुस्ताले बिर्संदै गएका र नयाँ पुस्ताले अझै...

स्वास्थ्यको गुणस्तरमा कहि कतै सम्झौता हुदैँन्’

स्वास्थ्यको गुणस्तरमा कहि कतै सम्झौता हुदैँन्’

वि.सं.२०८१ फागुन १३ मंगलवार १७:१८

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्यको गुणस्तरमा कहि...

मन छुने सिनेमा बनाएको छु किनकी मेरो करियरको खुड्किलो ‘रंगी’ हो : सलोन बस्नेत

मन छुने सिनेमा बनाएको छु किनकी मेरो करियरको खुड्किलो ‘रंगी’ हो : सलोन बस्नेत

वि.सं.२०८१ फागुन १ बिहीवार १७:०६

‘रंगी’ लिएर दर्शकमाझ आउनु भनेको मेरो करियरको खुड्किलो पनि हो...

जस्टिन बीबरलाई आखिर कस्तो रोग लागेको हो ? कारण के, के हुन् लक्षण ?

जस्टिन बीबरलाई आखिर कस्तो रोग लागेको हो ? कारण के, के हुन् लक्षण ?

वि.सं.२०७९ जेठ २९ आइतवार १०:३६

पप गायक जस्टिन बीबरले आफ्नो अनुहारमा पक्षाघात भएका कारण यस...

आफैसँग विवाह गर्दैछिन् यी भारतीय युवती, अभिभावले दिए आर्शीवाद

आफैसँग विवाह गर्दैछिन् यी भारतीय युवती, अभिभावले दिए आर्शीवाद

वि.सं.२०७९ जेठ २१ शनिवार १२:१९

नयाँ दिल्ली। सोलोगामी अर्थात यस्तो वैवाहिक समारोह जहाँ मानिसहरूले आफैंसँग...