back

नेपालको घरजग्गा कारोबारमा सुधारका संकेत: आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा उच्च वृद्धि

काठमाडौं । पछिल्लो समय सुस्त देखिएको नेपालको घरजग्गा बजारमा विस्तारै सुधारको संकेत देखिन थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासदेखि २०८१.८२ को चौथो त्रैमाससम्मको तथ्याङ्क विश्लेषण गर्दा घरजग्गा कारोबारमा उतारचढावका बीच सकारात्मक सुधार देखिएको हो ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा कुल कारोबार संख्या ०.४५६ मिलियन ( करिब ४ लाख ५६ हजार) पुगेको छ, जुन यो अवधिभरकै सबैभन्दा उच्च हो । यसले विगतको मन्दीबाट घरजग्गा क्षेत्र क्रमशः तंग्रिदै गएको संकेत गर्दछ । घरजग्गा कारोबारमा स्पष्ट मौसमी प्रभाव देखिएको छ ।

मनसुनका कारण प्रत्येक आर्थिक वर्षको पहिलो त्रैमासमा कारोबार संख्या घट्ने गरेको पाइएको छ। तर, दोस्रो त्रैमासपछि बढ्न सुरु गर्ने कारोबार संख्या तेस्रो र चौथो त्रैमासमा पुग्दा उच्च विन्दुमा पुग्ने गरेको छ ।

विशेषगरी राजीनामा (लिखत पास) तर्फको कारोबारलाई हेर्दा, पछिल्लो १२ त्रैमासमा यसको संख्या बढ्दो क्रममा छ। पछिल्लो तीन आर्थिक वर्षमा औसतमा प्रति त्रैमास ८७ हजार ३५४ वटा राजीनामा कारोबार भएका छन् । २०८१/८२ को चौथो त्रैमासमा मात्रै १ लाख १४ हजार ७६९ वटा राजीनामा लिखत पास भएका छन्, जुन हालसम्मकै उच्च रेकर्ड हो ।

त्रैमासिक आधारमा हेर्दा, आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासमा सबैभन्दा उच्च ३८.१३ प्रतिशतको वृद्धि देखिएको थियो । यसको विपरित, २०८१/८२ को पहिलो त्रैमासमा अघिल्लो त्रैमासको तुलनामा ३२.३९ प्रतिशतको भारी गिरावट आएको थियो ।

आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा तेस्रो त्रैमासमा उच्च वृद्धि देखिएपनि २०८१/८२ मा भने चौथो त्रैमासमा सबैभन्दा बढी वृद्धिदर देखिएको छ । मौसमी प्रभावका कारण बजारको वास्तविक अवस्था बुझ्न वार्षिक तुलनालाई उपयुक्त मानिन्छ ।

वार्षिक आधारमा विश्लेषण गर्दा राजीनामा कारोबारको प्रवृत्ति केही घट्दो क्रममा देखिए पनि २०८१/८२ को चौथो त्रैमासमा आएको सुधार ९च्भदयगलम० ले बजारमा नयाँ उत्साह थपेको छ ।

घरजग्गा कारोबारमा आएको यो बढोत्तरीले समग्र अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । कारोबार संख्याका साथै जग्गाको क्षेत्रफल र घोषित मूल्यका आधारमा पनि बजार विस्तारै चलायमान हुँदै गएको अध्ययनले देखाएको छ ।

nactional life
Corporatebazar 11 Anniversary

२०८२ को नेपाली अर्थतन्त्र : राजनीतिक उथलपुथल र महँगीको चक्रव्यूहमा रुमल्लिएको वर्ष

२०८२ को नेपाली अर्थतन्त्र : राजनीतिक उथलपुथल र महँगीको चक्रव्यूहमा रुमल्लिएको वर्ष

वि.सं.२०८३ वैशाख १ मंगलवार २१:५८

काठमाडौं । नेपाली पात्रोअनुसार २०८२ साल बिदा भई २०८३ सालको...

नेपाली नम्बर प्लेटका सवारीलाई भारतमा इन्धनमा रोक

नेपाली नम्बर प्लेटका सवारीलाई भारतमा इन्धनमा रोक

वि.सं.२०८२ चैत ३० सोमवार १७:२०

नेपाल–भारत सीमा क्षेत्रमा पछिल्लो समय बढाइएको कडाइको प्रत्यक्ष असर सीमावर्ती...

इन्धनमा भारी मूल्यवृद्धि : पेट्रोल, डिजेल र ग्यास सबै महँगिए, निगम अझै घाटामा

इन्धनमा भारी मूल्यवृद्धि : पेट्रोल, डिजेल र ग्यास सबै महँगिए, निगम अझै घाटामा

वि.सं.२०८२ चैत २७ शुक्रवार १०:३९

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा एकैपटक उल्लेख्य...

स्वास्थ्य सेवा आइतबार पनि सञ्चालन गर्न मन्त्रालयको निर्देशन

स्वास्थ्य सेवा आइतबार पनि सञ्चालन गर्न मन्त्रालयको निर्देशन

वि.सं.२०८२ चैत २७ शुक्रवार १०:३०

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको अवधिमा पनि...

कृष्ण मन्दिर अगाडि छुरा प्रहार घटनामा संलग्न दुई जना पक्राउ

कृष्ण मन्दिर अगाडि छुरा प्रहार घटनामा संलग्न दुई जना पक्राउ

वि.सं.२०८२ चैत २६ बिहीवार १७:२३

ललितपुर । ललितपुर महानगरपालिका–१२ मंगलबजारस्थित कृष्ण मन्दिर अगाडि भएको छुरा...

रास्वपाले मलाई समर्थन गरेर सरप्राइज दियो : स्रुबीकुमारी ठाकुर

रास्वपाले मलाई समर्थन गरेर सरप्राइज दियो : स्रुबीकुमारी ठाकुर

वि.सं.२०८२ चैत २६ बिहीवार १७:१३

काठमाडौं । श्रम संस्कृति पार्टीबाट उपसभामुख पदको लागि उम्मेदवारी दिएकी...