back

दैलेखको समृद्धिको नारा सहित वैशाख ७ गतेदेखि दैलेख प्रादेशिक महोत्सव हुँदै

दैलेख । दैलेख प्रादेशिक महोत्वस वैशाख ७ गतेदेखि १९ गतेसम्म आयोजना हुने भएको छ । ‘कृषि, उद्यम,  पर्यटन र व्यापार समृद्ध दैलेखको आधार’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको महात्वसबको विषयमा आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिइएको हो ।

कर्णाली प्रदेशको पहाडी जिल्ला दैलेखका स्थानीय उत्पादन र त्यहाँका पर्यटकीय क्षेत्रका विषयमा जानकारी दिने उद्देश्यका साथ आयोजना गर्न लागिएको महोत्सबमा १८० स्टलहरु रहने नेपाल उद्योग वाणिज्य संघ दैलेखका पूर्व अध्यक्ष एम मल्लले जानकारी दिए । १८० मध्ये ३० वटा स्थानीय उत्पादनका मात्रै स्टलहरु रहने र करिब ५ लाख दर्शकले अबलोकन गर्ने लक्ष्य लिइएको उनको भनाइ छ । दैलेख जिल्लाका विभिन्न कला संस्कृति झल्कने झाँकी तथा नाचहरु र स्थानीय उत्पादन र उत्पाद गर्न सक्ने सम्भावनाका क्षेत्रहरु पहिचान गरेर लगानी भित्र्याउने लक्ष्य पनि लिइएको मल्लको भनाइ छ ।

संघका पूर्व अध्यक्ष शान्ति प्रसाद शर्माले दैलेखको सम्पदा, संस्कृति, परम्परा, पर्यटन, इतिहासका विषयमा जानकारी दिइने बताए । कृषि, जलविद्युत, पर्यटनका हिसावले महत्वपूर्ण जिल्लाका रुपमा रहेको दैलेखको विकासका लागि सबैको साहयोग आवश्यक पर्ने उनको भनाइ छ । जिल्लामा सुन, तामा लगायतका खानी भएकाले त्यसयको उत्खनन गर्न सकिएको खण्डमा जिल्लाको मुहार फेरिने उनको भनाइ छ । अर्को तर्फ पेट्रोलियम खानी भएको पुष्टि भइसकेको अवस्थामा त्यसबाट इन्धन निकालेर प्रयोग गर्ने तर्फ उचित ध्यान दिन पनि उनले सरकारलाई आग्रह गरे ।

जिल्लाका उद्योगी व्यवसायीले मात्रै लगानी गरेर जिल्लाको विकास सम्भव नहुने भएकाले बाह्य लगानी भित्र्याउनका लागि पनि यो महोत्सव महत्वपूर्ण हुने बताए । जिल्लाको पेट्रोेलियम खानी उत्खननका विषयमा अघिल्लो सरकासँग कुरा हुँदा फागुन चैत बाट नै सुरु गर्ने भनिएको भए पनि अहिले अलपत्र परेको भन्दै यसमा पनि सरकारले ध्यान दिनु पर्ने उनको भनाइ छ । यो महोत्वसले दैलेखमा उत्पादन भएका सामानहरुको प्रचार प्रसारमा टेवा पु¥याउने उनको विश्वास छ ।

दैलेखी सेवा समाजका अध्यक्ष प्रताब शाहीले जीवन, भुगोल, भाषा, संस्कृति, भेषभुषाका कारण दैलेख विना देश नै अधुरो हुने धारणा व्यक्त गरे । जिल्लाको विकास गर्नका लागि सबैको हातेमालो आवश्यक रहेको उनको भनाइ छ ।

जिल्लाको आर्थिक विषयमा उद्योग वाणिज्य संघ बाहेक अरुलाई धेरै जानकारी नहुने भएकाले जिल्लाको आर्थिक विषयमा संघले नेतृत्व गर्नु पर्ने समाजका सचिव सूर्य बस्नेतले बताए । पेट्रोलियम पदार्थ उत्खनन् गर्न सकियो भने मात्रै पनि दैलेख जिल्ला मात्रै नभएर देशले नै काचुली फेर्ने उनले बताए । कोटेश्वर बहुमुखी क्याम्पसका प्रोफेसर विनोद अधिकारीले महोत्सव सफलताको शुभकामना व्यक्त गर्दै पर्यटन, कला संस्कृतिको जर्गेनामा लाग्नु पर्ने धारणा व्यक्त गरे ।

फोटो पत्रकार तथा मनधरी फाउण्डेसनका अध्यक्ष भरतबन्दु थापाले भाषाको उत्पति भएको क्षेत्र राज्यले नै पछि पारेको भन्दै आफ्नो तर्फबाट महोत्वस सफल पार्नका लागि गर्ने सहयोग गर्न तयार रहेको बताए ।

त्यस्तै राउटे उत्थान प्रतिष्ठानका अध्यक्ष सत्यदेवी खड्काले दैलेख सम्भावना बोकेको जिल्ला भएकाले सबै मिलेर जिल्लाको विकास र समृद्धिमा लाग्नु पर्ने धारणा व्यक्त गरिन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

लामो समयदेखि अनुपस्थित सह-सचिवलाई सरकारी सेवाबाट हटाउने गरी कारबाही सिफारिस

लामो समयदेखि अनुपस्थित सह-सचिवलाई सरकारी सेवाबाट हटाउने गरी कारबाही सिफारिस

वि.सं.२०८३ असार ३० मंगलवार १३:५२

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

कर्णाली प्रदेश सरकारको साढे १२ अर्ब बढी बजेट फ्रिज 

कर्णाली प्रदेश सरकारको साढे १२ अर्ब बढी बजेट फ्रिज 

वि.सं.२०८३ असार ३० मंगलवार १३:३६

सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट समयमा...

ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना

ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना

वि.सं.२०८३ असार २९ सोमवार १८:४५

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि...

जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्व ६५ करोड २० लाख ३२ हजारको बजेट

जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्व ६५ करोड २० लाख ३२ हजारको बजेट

वि.सं.२०८३ असार २९ सोमवार १७:३२

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २...

मेची राजमार्ग अवरुद्ध : निरन्तर जमिन भासिँदै, मन्त्रीको निर्देशन कागजमै सीमित

मेची राजमार्ग अवरुद्ध : निरन्तर जमिन भासिँदै, मन्त्रीको निर्देशन कागजमै सीमित

वि.सं.२०८३ असार २९ सोमवार ११:१६

इलाम । पूर्वी पहाडी जिल्लाहरूको मुख्य आर्थिक तथा यातायातको मेरुदण्ड(लाइफलाइन)...

आर्थिक वर्षको अन्तिम दिनमै ३३ अर्ब १६ करोड खर्च; ३ जना अर्थमन्त्री फेरिँदा पनि बजेट खर्च ७९ प्रतिशतमा सीमित

आर्थिक वर्षको अन्तिम दिनमै ३३ अर्ब १६ करोड खर्च; ३ जना अर्थमन्त्री फेरिँदा पनि बजेट खर्च ७९ प्रतिशतमा सीमित

वि.सं.२०८३ असार २६ शुक्रवार १४:३०

काठमाडौं । नेपालको सार्वजनिक वित्त व्यवस्थापनमा वर्षौँदेखि रोगका रूपमा रहेको...