back

नेपालको रियल-स्टेट बजारमा मधेस प्रदेशको बर्चस्वः नेपाल राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिलो पटक घरजग्गा (रियल-स्टेट) कारोबारको वर्तमान अवस्था र प्रवृत्तिसम्बन्धी विस्तृत तथ्याङ्क सार्वजनिक गर्दै नेपालको भूमि बजारको वास्तविक चित्र प्रस्तुत गरेको छ । यस प्रतिवेदनले नेपाली रियल–स्टेट क्षेत्रमा देखिएका उतारचढाव, मौसमी प्रभाव र प्रादेशिक असमानतालाई स्पष्ट पारेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभाग र आन्तरिक राजस्व विभागको समन्वयमा सङ्कलन गरिएको यो तथ्याङ्क अबदेखि त्रैमासिक रूपमा प्रकाशन गरिने बैंकले जनाएको छ ।

प्रतिवेदनअनुसार नेपालको घरजग्गा कारोबारमा स्पष्ट मौसमी प्रवृत्ति देखिएको छ, जसमा आर्थिक वर्षको पहिलो त्रैमासमा कारोबार सुस्त हुने र तेस्रो तथा चौथो त्रयमासमा निकै बढ्ने ट्रेन्ड देखिएको छ ।

प्रादेशिक रूपमा हेर्दा, कारोबारको सङ्ख्या र क्षेत्रफल दुवैका आधारमा मधेस प्रदेश मुलुकभरमै सबैभन्दा अगाडि देखिएको छ भने लुम्बिनी र कोशी प्रदेशले क्रमशः दोस्रो र तेस्रो स्थान ओगटेका छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने घरजग्गाको गतिविधि तुलनात्मक रूपमा निकै न्यून रहेको छ ।

जग्गाको क्षेत्रफल र मूल्यका आधारमा पनि रोचक तथ्याङ्क बाहिर आएका छन् । मधेस प्रदेशमा २० आनाभन्दा ठुला प्लटहरूको कारोबार बढी हुने गरेको पाइएको छ भने बागमती लगायत अन्य प्रदेशमा २.५ देखि १० आनासम्मका साना प्लटहरूमा लगानीकर्ताको आकर्षण बढी छ । यद्यपि, कारोबार भएको जग्गाको घोषित मूल्य वा थैली रकमका आधारमा भने बागमती प्रदेश नै अग्रस्थानमा रहेको छ । महानगर र उप–महानगरपालिकाहरूमा ५ देखि १० आनाका जग्गाहरू सबैभन्दा बढी खरिदबिक्री हुने गरेका छन् ।

वित्तीय र राजस्वको दृष्टिकोणबाट हेर्दा, घरजग्गा क्षेत्रबाट प्राप्त हुने सरकारी राजस्वमा निकै उतारचढाव देखिएको छ । आर्थिक वर्ष २०७८/७९ मा उच्च विन्दु (रु २३.७ अर्ब) मा पुगेको राजस्व बीचमा घटे पनि पछिल्लो समय सुधारिँदै आ.व. २०८१/८२ मा रु १५ अर्बको हाराहारीमा पुगेको छ ।

साथै, विगत पाँच वर्षमा घरजग्गा कर्जा ७२.४१ प्रतिशत र आवासीय कर्जा ६१.५५ प्रतिशतले वृद्धि हुनुले यस क्षेत्रमा बैंकहरूको लगानीको हिस्सा बलियो रहेको पुष्टि गर्दछ । राष्ट्र बैंकले यसै तथ्याङ्कको आधारमा अब छिट्टै ’घरजग्गा मूल्य सूचकाङ्क’ प्रकाशन गर्ने तयारी समेत गरिरहेको छ, जसले बजारको मूल्य वृद्धिलाई वैज्ञानिक ढंगले मापन गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

वि.सं.२०८३ असार २८ आइतवार १८:०८

काठमाडौं । नेपाली पात्रो अनुसार हामी असार मसान्तको संघारमा छौँ।...

आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन

आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन

वि.सं.२०८३ असार २६ शुक्रवार ११:५८

काठमाडौँ  । आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका मुगुको सोरु...

सरकारका एक सय दिनका उपलब्धि सार्वजनिक, मन्त्रालयको संख्या घटाउँदा २० अर्ब बचत हुने अनुमान

सरकारका एक सय दिनका उपलब्धि सार्वजनिक, मन्त्रालयको संख्या घटाउँदा २० अर्ब बचत हुने अनुमान

वि.सं.२०८३ असार २० शनिवार २१:०८

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछिका एकसय दिनका उपलब्धिहरु...

आरोग्य पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्डमा सचिवालय स्थापनाको तयारी 

आरोग्य पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्डमा सचिवालय स्थापनाको तयारी 

वि.सं.२०८३ असार १७ बुधवार १८:२०

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आरोग्य...

एमआरपी विवादले चाडपर्वमा आयात प्रभावित हुनसक्ने, व्यवसायी अन्योलमा : हिमलाल खराल

एमआरपी विवादले चाडपर्वमा आयात प्रभावित हुनसक्ने, व्यवसायी अन्योलमा : हिमलाल खराल

वि.सं.२०८३ असार १७ बुधवार १०:५२

काठमाडौं । सरकारले बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा बिक्री...

नेप्सेमा गिरावट जारी: परिसूचक १६.५४ अंकले घट्दा कारोबार रकम पनि सङ्कुचित

नेप्सेमा गिरावट जारी: परिसूचक १६.५४ अंकले घट्दा कारोबार रकम पनि सङ्कुचित

वि.सं.२०८३ असार १५ सोमवार १६:५०

काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार धितोपत्र बजार (नेप्से)...