back

‘नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६’ का लागि स्टल बुकिङ खुला

nactional life

काठमाडौं । पहिलो संस्करणको उल्लेखनीय सफलतापछि सवारी साधन खरिद–बिक्री, अटोमोबाइल प्रविधि तथा नवीनतम विकासप्रति उपभोक्ताको बढ्दो रुचिलाई ध्यानमा राख्दै पोखरामा दोस्रो संस्करणको ‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ आयोजना हुने भएको छ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रस्तुतिमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) ले यही चैत्र ११ देखि १५ गतेसम्म पोखरा लेकसाइडस्थित तालबाराही चोक नजिकको खेल मैदानमा उक्त अटो शो आयोजना गर्न लागेको हो।

पर्यटकीय राजधानी पोखरामा आयोजना हुन लागेको यस अटो शोमा साना, मझौला तथा ठूला सवारी साधन, पार्टपुर्जा, लुब्रिकेन्ट, टायर तथा अटोमोबाइल क्षेत्रसँग सम्बन्धित सम्पूर्ण सरोकारवाला व्यवसायी कम्पनीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। अटोमोबाइल बजार, नयाँ प्रविधि र उपभोक्ता आकर्षणको साझा मञ्चका रूपमा यस अटो शोले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार प्रदर्शनीमा सहभागी हुन इच्छुक कम्पनी तथा संस्थाहरूका लागि फागुन १२ गतेदेखि १९ गतेसम्म स्टल बुकिङ खुला गरिएको छ। प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एण्ड मेनेजमेन्ट सर्भिसेज् प्रा.लि. ले गर्नेछ। स्टल बुकिङ तथा थप जानकारीका लागि इच्छुक पक्षहरूले [email protected] मा सम्पर्क गर्न सक्नेछन्।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४१

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

वि.सं.२०८३ जेठ २४ आइतवार १७:००

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय...

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:२१

काठमाडौं । नेपालमा सुजुकी अटोमोबाइल्सको आधिकारिक वितरक सीजी मोटोकर्प प्रालिले...

बजेटप्रति नाडाको प्रतिक्रिया : कर नीतिले सवारीसाधन महँगिने चिन्ता

बजेटप्रति नाडाको प्रतिक्रिया : कर नीतिले सवारीसाधन महँगिने चिन्ता

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:१७

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आर्थिक...

नाडाद्वारा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

नाडाद्वारा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:०१

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा नाडा अटोमोबाइल्स...

नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक

नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक

वि.सं.२०८३ जेठ १७ आइतवार २०:५३

काठमाडौं । एसपीजी अटोमोबाइल्सले नेपालमा नयाँ ओमोडा ई फाइभ प्रो...