back

जिली ईएक्स ५ म्याक्स र प्रो किन्दा अफरै अफर

nactional life

काठमाडौं । नेपालमा जिली ईएक्स५ म्याक्स र प्रो विद्युतीय गाडीको आधिकारिक आयातकर्ता एलआरआर मोटर्सले क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ‘ईएक्स५ एक्सिलेन्ट बोनान्जा’ नामक बिक्री योजना सार्वजनिक गरेको छ ।

जिली ईएक्स५ सिरिजमा लागू हुने यो सीमित अवधिको पर्व तथा नयाँ अंग्रेजी वर्ष सेल्स अफरले नेपाली ग्राहकहरूका लागि प्रिमियम विद्युतीय मोबिलिटीलाई अझ आकर्षक र पहुँचयोग्य बनाउने उद्देश्य राखेको कम्पनीको भनाइ छ । यस विशेष योजनाअन्तर्गत डिसेम्बर २५, २०२५ देखि जनवरी ७, २०२६ को अवधिमा जिली ईएक्स५ म्याक्स र प्रो बुकिङ गर्ने ग्राहकहरूले विशेष लाभहरू प्राप्त गर्न सक्नेछन् ।

योजनाअनुसार, जिली ईएक्स५ बुक गर्ने ग्राहकहरूले २ लाख रुपैयाँ सम्मको प्रत्यक्ष नगद छुटका साथै रुपाकोट रिसोर्टमा दुई जनाका लागि २ दिन / १ रातको निःशुल्क बसोबास प्याकेज प्राप्त गर्नेछन् । यी अफरहरूका अतिरिक्त, कम्पनीद्वारा योजना अवधिको क्रममा निःशुल्क एसेसरिज र चार्जर, एक वर्षको रोड ट्याक्स तथा एक वर्षको कम्प्रिहेन्सिभ इन्स्योरेन्स समावेश गरिएको छ ।

ग्राहकहरूको सुविधालाई अझ थप गर्दै कम्पनीले आफ्नो गैरिधारास्थित शोरूमबाट प्रयोगमा रहेका सवारीसाधनहरूको अन–द–स्पट उत्कृष्ट मूल्यांकन सुविधा पनि उपलब्ध गराउने बताएको छ, जसले ग्राहकहरूलाई जिली ईएक्स५ मा अपग्रेड गर्न सहज बनाउने विश्वास लिइएको छ ।

साथै, सम्भावित ग्राहकहरूले टेस्ट ड्राइभ गर्दा आकर्षक गिफ्ट ह्याम्परहरू पनि प्राप्त गर्न सक्नेछन्, जसले जिली ईएक्स५ सिरिजको कार्यक्षमता, सुविधा र उन्नत प्रविधि प्रत्यक्ष रूपमा अनुभव गर्न प्रोत्साहित गर्नेछ ।

जिली ईएक्स५ म्याक्स र प्रो दुवैले विद्युतीय सवारीसाधनको डिजाइन, सुरक्षा तथा इन्टेलिजेन्ट फिचरहरूमा जिलीका नवीनतम प्रविधिहरू प्रतिनिधित्व गर्छन्, जसले नेपालमा दिगो र उच्च गुणस्तरीय मोबिलिटी समाधानप्रतिको बढ्दो मागलाई सम्बोधन गरेको कम्पनीको भनाइ छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४१

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

वि.सं.२०८३ जेठ २४ आइतवार १७:००

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय...

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:२१

काठमाडौं । नेपालमा सुजुकी अटोमोबाइल्सको आधिकारिक वितरक सीजी मोटोकर्प प्रालिले...

बजेटप्रति नाडाको प्रतिक्रिया : कर नीतिले सवारीसाधन महँगिने चिन्ता

बजेटप्रति नाडाको प्रतिक्रिया : कर नीतिले सवारीसाधन महँगिने चिन्ता

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:१७

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आर्थिक...

नाडाद्वारा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

नाडाद्वारा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:०१

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा नाडा अटोमोबाइल्स...

नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक

नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक

वि.सं.२०८३ जेठ १७ आइतवार २०:५३

काठमाडौं । एसपीजी अटोमोबाइल्सले नेपालमा नयाँ ओमोडा ई फाइभ प्रो...